Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

प्रकाश र सन्तोषको गन्तव्य सार्वजनिक

Wednesday, April 4, 2018 National Power

काठमाण्डौ – गीतकार प्रकाश के.सी. र सङ्गीतकार सन्तोष श्रेष्ठको आधुनिक गीति एल्बम गन्तव्य सार्वजनिक भएको छ । विगत डेढ दशक देखि आधुनिक सङ्गीतको क्षेत्रमा सहाकार्य गर्दै आएका स्रष्टाद्वय प्रकाश के. सी. रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत प्रतियोगिता(२०७३ मा सर्वोत्कृष्ट गीतकार भएका भए भने सन्तोष श्रेष्ठ २०७४ मा सर्वोत्कृष्ट सङ्गीतकार भएका हुन् ।

कामना डिजिटलको प्रस्तुतिमा प्रकाशन भएको गन्तव्य एल्बममा ६ वटा गीतहरू समावेश गरिएको छ । सीडीको पहिलो नम्बरमा रेडियो नेपालमा उत्कृष्ट भएको मनोज राजको स्वरमा”रगत पनि बग्दैन ” राखिएको छ । साथै अन्जु पन्तको स्वरमा “जताजता दियो बाल्छु”प्रमोद खरेलको स्वरमा जब “आफ्नो मनको मान्छे ”  कृष्णभक्त राईको स्वरमा “म अधेरी रात अधेरी ” अन्जु पन्तको स्वरमा “तिम्रो माया मुटु रेट्ने ” मन्जु उपासनाको स्वरमा “मुटुमा चोट दियौ ” राखिएको छ ।


कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले प्रकाश दाङमा बसेर पनि नेपाली मौलिक पनका र आफ्नो निजत्त्व देखिने बिम्ब प्रतीक प्रयोग भएका गीतहरू लेख्न सक्ने गीतकार भएको बताए । विशिष्ट अतिथि वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले सङ्गीतको बारेमा बोल्दै एल्बममा सन्तोष श्रेष्ठले सङ्गीतमा आफ्नो धार वा शैली परिवर्तन गरेको र नयाँ तरिकाले सङ्गीत पस्केको बताए ।

आधुनिक सुगम सङ्गीतको क्षेत्रमा सन्तोष यो पुस्ताकै एक प्रतिनिधि सङ्गीतकार भएको धारणा राखे । कामना डिजिटलक प्रबन्धक टुकराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, गीतकार र पत्रकार शान्तिप्रिय, सङ्गीतकार सन्तोष श्रेष्ठ र गीतकार प्रकाश के. सी. ले पनि आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन पत्रकार सुमन बैरागीले गरेका थिए ।