Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

बसपार्कका होटलसँग महिनावारी उठाएर अवैध धन्दा गर्न दिने निरीक्षक रंगेहात पक्राउ

Wednesday, April 4, 2018 National Power

२१ चैत,काभ्रे – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरिक्षक हरिहर सुनवारलाइ केहीसमय अघि ५० हजार घुस सहित पक्राउ गरेको छ । आयोगले होटल संचालकसँग घुस लिएको ५० हजार सहित सुनवारलाइ रंगेहात पक्राउ गरेको हो। आयोगका अनुसार निरीक्षक सुनवारले नयाँ बसपार्कमा उच्छृखल गतिवीधी गर्ने होटलहरूबाट महिनावारी तोकेर रकम उठाउदै आएका थिए ।

आयोगका एकजना अधिकारीका अनुसार मंगलबार पनि उनले एक होटल संचालकसँग महिनावारी वापतको ५० हजार माग गरेका थिए । संचालकले २० हजारभन्दा बढि दिन नसक्ने बताएपछि भनाभन भएको थियो । होटल संचालकलाइ रकम दिन दवाब दिएपछि उनी आयोगको सम्पर्कमा पुगेका थिए ।

पक्राउ परेका सुनवारले उठाएको रकम माथिल्लो तहमा समेत बाँडने गरेको पक्राउ गर्न गएका प्रहरी टोलीलाइ भनेका थिए । स्रोतका अनुसार आयोगले प्रहरी निरीक्षक सुनवारको अनुसन्धान बिस्तृत रूपमा गर्दै माथिल्लो तहसम्मलाइ कारवाहीको दायरा ल्याउने छ ।

अरविन्द्र गौतम / काभ्रे