Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बसपार्कका होटलसँग महिनावारी उठाएर अवैध धन्दा गर्न दिने निरीक्षक रंगेहात पक्राउ

Wednesday, April 4, 2018 National Power

२१ चैत,काभ्रे – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरिक्षक हरिहर सुनवारलाइ केहीसमय अघि ५० हजार घुस सहित पक्राउ गरेको छ । आयोगले होटल संचालकसँग घुस लिएको ५० हजार सहित सुनवारलाइ रंगेहात पक्राउ गरेको हो। आयोगका अनुसार निरीक्षक सुनवारले नयाँ बसपार्कमा उच्छृखल गतिवीधी गर्ने होटलहरूबाट महिनावारी तोकेर रकम उठाउदै आएका थिए ।

आयोगका एकजना अधिकारीका अनुसार मंगलबार पनि उनले एक होटल संचालकसँग महिनावारी वापतको ५० हजार माग गरेका थिए । संचालकले २० हजारभन्दा बढि दिन नसक्ने बताएपछि भनाभन भएको थियो । होटल संचालकलाइ रकम दिन दवाब दिएपछि उनी आयोगको सम्पर्कमा पुगेका थिए ।

पक्राउ परेका सुनवारले उठाएको रकम माथिल्लो तहमा समेत बाँडने गरेको पक्राउ गर्न गएका प्रहरी टोलीलाइ भनेका थिए । स्रोतका अनुसार आयोगले प्रहरी निरीक्षक सुनवारको अनुसन्धान बिस्तृत रूपमा गर्दै माथिल्लो तहसम्मलाइ कारवाहीको दायरा ल्याउने छ ।

अरविन्द्र गौतम / काभ्रे