Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

ट्राफिक अपडेट

Tuesday, April 3, 2018 National Power

२० चैत,काठमाण्डौ – सहकारी दिवसको अवसरमा उपत्यका डिल्लीबजारबाट भृकुटीसम्मका लागि र लगनखेलबाट मंगलबजार सम्मको लागि झाँकी सहितको ¥याली भइरकेको छ । जसका कारण यी स्थानको सवारी आवागमनमा सामान्य प्रभाव परेको छ । सहकारी दिवसको अवसरमा उपत्यका डिल्लीबजारबाट भृकुटीसम्मका लागि र लगनखेलबाट मंगलबजार सम्मको लागि झाँकी सहितको ¥याली भइरकेको छ । जसका कारण यी स्थानको सवारी आवागमनमा सामान्य प्रभाव परेको छ । सवारी आवागमन यतिबेला सामान्य रहेको छ । विभिन्न नाकाहरु हुँदै उपत्यका भित्रीने र बाहिरीने सवारी साधन पनि सामान्य तवरले संचालन भैरहेको छ ।

दाङको लमही नगरपालिका ४ अनर्वामा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका ७ गणेशपुर बस्ने २२ वर्षीय अर्पण चौधरी रहेका छन् घाइते चौधरीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ । हिजो बेलुकी सवा ८ बजे चौधरी सवार रहेको रा १ प ८६ ६५ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो ।

बाराको विश्रामपुर गाउँपालिका २ बरैनिया बजार नजिकै हिजो साँझ मोटरसाइकलको ठक्करबाट ७ वर्षीय बालक घाइते भएका छन । स्थानीय हुलास प्रसाद यादबका छोरा विराज घाइते भएका हुन् । घाइते बालकलाई उपचारको लागि विरगञ्ज पठाइएको छ । हिजो साँझ ६ बजे भारतीय नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई सिमा प्रहरी चौकी छतवाले नियन्त्रणमा लिएको छ ।

मोरङको जहदा गाउँपालिका ३ मा गएराती सिटी सफारीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । गएराती सवा ११ बजे को १ ह ७०८५ नम्बरको सिटी सफारीले को १० प २७८० नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक स्थानीय २२ वर्षिय सुरेश सहनीको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका सफारी चालकको खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ५ सय ७७ जना सवारी चालकहरु हिजो उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीको कार्वाहीमा परेका छन् । जसमध्ये जथाभावी यात्रु चढाउने तथा ओराल्ने ३५९ जना र लेन उल्लङ्घन गर्ने १८७ जना चालक रहेका छन् । त्यस्तै जथाभावि सवारी पार्किङ गर्ने ९९ जना, अनावश्यक हर्न बजाउने ८३ जना, जेव्रा क्रसिङमै सवारी साधन रोकेर पैदलयात्रीलाई प्राथमिकता नदिने ४५ जना र मदिरा पिएर सवारी साधन चलाउने २१ जना चालकलाई पनि ट्राफिक प्रहरीले हिजो कार्वाही गरेको छ ।