Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

काभ्रेमा स्थानीयको सुरक्षामा बस सञ्चालन

Monday, April 2, 2018 National Power

१९ चैत, काभ्रे – बनेपामा स्थानीयवासीको सुरक्षामा बस सञ्चालन भएका छन् । विभिन्न ११ वटा यातायात समितिले सिन्डिकेटको माग गर्दै सवारीसाधन सञ्चालनमा अवरोध गरेपछि स्थानीयले सुरक्षा दिएका हुन् । आइतबार घोषणा गरेअनुसार नै सिन्डिकेटको पक्षमा रहेका यातायात समितिले सोमबार मयुर यातायातका बसहरु सञ्चालनमा अबरोध गरेका थिए । तर, बस रोकिएकै ठाउँका स्थानीयवासी र यात्रुहरुले सुरक्षा दिएपछि सञ्चालनमा आएका छन् ।

बनेपाको जनागालमा यातायात समितिको अबरोधमा परेको बसलाई स्थानीयवासीले सुरक्षा दिएर गन्तव्यसम्म पुर्‍याइदिएका छन् । अबरोधपछि चालक र सहचालक बस छोडेर हिँडेका थिए र तर, यात्रु र स्थानीयको सहयोगपछि बस सञ्चालनमा आएको हो । काभ्रे प्रहरीले पनि सिन्डिकेट तोड्न भन्दै बस सञ्चालनमा अबरोध गर्न दिएको छैन । जिल्लाका ग्रामीण क्षेत्रमा पनि सिन्डिकेटको पक्षमा रहेका यातायात समितिले अबरोध गरेका छन् ।