Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कमल थापाले भने–एक दिन सबैले मर्नु पर्छ, झूठ नबोलौं

Monday, April 2, 2018 National Power

१९ चैत, काठमाडौं – भूकम्पपीडितलाई थप एक लाख दिने कुनै निर्णय नभएको भन्ने दाबी गलत भएको कमल थापाले बताएका छन् । भूकम्पपीडितलाई १ लाख थप अनुदान दिने निर्णय शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले नगरेको खबर प्रकाशमा आएपछि उक्त सरकारका उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका थापाको यस्तो प्रतिक्रिया आएको हो ।

देउवा सरकारले १० माघमा भूकम्पपीडितलाई एक लाख थप अनुदान दिने निर्णय भएको बताएको थियो । तर, अहिले त्यो निर्णयको माइन्यूट नै नभएको बताइएको छ । थापाले भने यो बेइमानी भएको बताएका छन् । ‘भूकम्पपिडितलाई थप १ लाख दिने बारे स्वयं म र मुख्यसचिव भएर मन्त्रिपरिषद्को निर्णय मस्यौदा गरेको हो र मुख्यसचिवले सो बैठकमा सुनाएपछि औपचारिक निर्णय भयो’, थापाले ट्वीट गर्दै भनेका छन, ‘यदि निर्णयलाई माइन्युट नगरेको हो भने सो कार्य मुख्यसचिव र मन्त्रिपरिषद् कार्यालयको बेइमानी हो ।’

उनले अघि लेखेका छन्, ‘एकदिन सबैले मर्नुपर्छ, झूठ नबोलौं ।’