Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

बार्सिलोना हारबाट मुस्किलले जोगियो, अन्तिम समयमा मेस्सीले गरे गोल

Sunday, April 1, 2018 National Power

१८ चैत, काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट मुस्किलले जोगिएको छ । अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल फर्काएपछि लिग लिडर बार्सिलाना सेभिल्लासँग हारबाट जोगिएको हो ।

२(० ले पछि परेको अवस्थामा ८८ र ८९ औं मिनेटमा लुइस स्वारेज र लियोनल मेस्सीले एक(एक गोल फर्काएका थिए । सेभिल्लाले ३६ औं मिनेटमा भाज्क्वेजको गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसको १४ मिनेटपछि मुरिएलले अर्को गोल गरेपछि सेभिल्लाले २(० को अग्रता लियो । त्यसपछि दबावमा परेको बार्सिलोनाका लागि ८८ औं मिनेटमा स्वारेजले एक गोल गरे ।

त्यसको एक मिनेटपछि स्टार स्ट्राइकर लियोनल मेस्सीले अर्को एक गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । चोटका कारण अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेल नखेलेका मेस्सी शनिबार राति सेभिल्लाविरुद्ध भने थप खेलाडीको रुपमा मैदान छिरेका थिए ।

बार्सिलोनाले यो सिजनको ला लिगामा हार व्यहोरेको छैन । तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ । दोस्रो स्थानमा रहेको एथलेटिको मड्रिडको ६४ र तेस्रो स्थानमा रहेको रियल मड्रिडको ६३ अंक छ ।