Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

रुसविरूद्ध इयुको साझा कदमः १०० कुटनीतिज्ञ निस्कासित

Tuesday, March 27, 2018 National Power

१३ चैत, काठमाडौं – अष्ट्रेलियाले पनि रुसी कुटनीतिज्ञलाई देश निकाला गरेको छ । अमेरिका, क्यानाडा र युरोपका देशहरुले हालसम्म एक सयभन्दा बढी रूसी कुटनीतिज्ञहरुलाई देश निकाला गरिसकेका छन् । रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने राष्ट्रहरुको सूचीमा पछिल्लो पटक अष्ट्रेलिया पनि थपिएको हो । अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दुईजना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने आदेश दिएका छन् । युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टुस्कले इयुको साझा कदम अन्तर्गत रूसका थप कुटनीतिज्ञहरु देश निकाला हुनसक्ने बताएको बीबीसीले जनाएको छ ।

सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द

बेलायतमा रुसका पूर्वजासुस सर्गेई स्किपल र उनकी छोरी युलियालाई बिष प्रयोग गरी हत्या गर्न खोजेको आरोपमा रुसले नर्बेका एजेन्टमाथि गरेको कारवाहीको प्रतिक्रियाअन्तर्गत साझा कदम हो । यही प्रतिक्रियास्वरुप अमेरिकाले २० जना कुटनीतिज्ञलाई निस्कासित गरेको छ भने सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गराएको छ ।

शीत युद्धपछि रुसमाथि अमेरिकाले सबैभन्दा ठूलो कारवाही गरेको बीबीसीले जनाएको छ । यसअघि शीत युद्धको बेला सन् १९८६ मा तत्कालीन अमेकिी राष्ट्रपति रोनाल्ड रेगनले ८० रुसी कुटनीतिज्ञलाई निस्कासित गरेका थिए । रुसी कुटनीतिज्ञहरुलाई उनका परिवारका सदस्यहरुसहित अमेरिका छाड्न सात दिनको समय दिइएको ह्वाइट हाउसका प्रेस सचिव सारा सेन्डर्सले बताएकी छन् ।

उनले भनेकी छन्, ‘आज राष्ट्रपति डोनाल्ड ट्रम्पबाट रुसका दर्जनौं कुटनीतिक अधिकारीहरुलाई अमेरिकाबाट निस्कासित गर्न आदेश आएको छ । यसका साथै सिएटलस्थित रुसी वाणिज्य दूतावास बन्द गर्न पनि आदेश दिइएको छ । किनकी यो दूतावास हाम्रो पनडुब्बी र बोइङ अड्डाको नजिकै छ ।’