Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अरनिको रागमार्गको सिन्डिकेट तोड्न प्रधानमन्त्री कार्यालयको ताकेता

Monday, March 26, 2018 National Power

१२ चैत,काभ्रे – प्रधानमन्त्री लगायतलाई प्रहरीले स्कर्टिङ गरेको त तपाई हामीले देख्दै आएका छौं । तर, बसलाई पनि स्कर्टिङ १ बन्द हड्ताल जस्ता बेलामा समेत बिरलै बसलाई स्कटिङ गरिन्छ । कहिँ नभएको जात्रा हाँडीगाउँमा भने झै भएको छ काभ्रेमा । अरनिको राजमार्गका समितिहरुको सिण्डिकेटका कारण भर्खरै भित्रिएको मयुर यातायातका बसहरुलाई प्रहरीले स्कटिङ दिएको छ । यो बसले चैत १ बाट काठमाडौंबाट बनेपासम्म यात्रु ओसार्न थालेको छ । तर, अरु समितिका बसले अवरोध गरेपछि प्रहरीले साँगा चोकबाट बनेपासम्म स्कर्टिङ गर्नु पर्ने अवस्था आएको हो । अहिले पनि चारदोबाटोमा प्रहरी परिचालन गर्नु परेको छ । काभ्रेका एसपी सहकुल थापा भन्छन्, ‘सुरुमा स्कर्टिङ दिइएको हो । अहिले सम्भावित जोखिमलाई हेरेर चार दोबाटोमा प्रहरी खटाइएको छ ।’
मयुर बनेपा छिरेपछि खैलाबैला
१ चैतको बिहान ८ बजेतिर मयुर यातायातको ४२ सिट पाँच वटा बस चारदोबाटो पुगेपछि बनेपामा एकाएक ठुलै खैलाबैला मच्चियो । काभ्रे बस र काभ्रे मिनि बसका व्यवसायीहरु आधा घण्टामै जम्मा भए र मयुर यातायातका बसहरुलाई अवरोध गर्न खोजे । अरनिको राजमार्गमा सिण्डिकेट कायम गर्दै आएका समितिहरुको विरोधका बाबजुत बनेपासम्म बस चलायो ।

तर, व्यवसायीहरु तोडफोडमै उत्रिएपछि प्रहरीले स्कर्टिङसहितको सुरक्षा व्यवस्था मिलाउनु परेको हो । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक सुनिलजँग शाहले भने, ‘राजमार्गमा सुरक्षा व्यवस्था कडा बनाएका छौ । अवस्था अलि शान्त बनेपछि फरक किसिमको सुरक्षा व्यवस्था गर्छौं ।’
प्रधानमन्त्री कार्यालयको पत्र
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि सिण्डिकेटका सामू घुँडा नटेक्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । तर, यातायात ब्यवसायीहरुले त्यसलाई चुनौती दिएपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ । प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले सिन्डिकेट अन्त्य गर्न जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्रै पठाएको छ । साथै निर्देशन कार्यान्वयन भए नभएको फलोअप पनि भइरहेको छ । ‘सिण्डिकेट कुनै हालतमा स्वीकार्य छैन । खुला प्रतिस्पर्धा र जनताको सुविधालाई ध्यान दिनु भनेर प्रधानमन्त्री कार्यालयबाटै ३र४ पटक फलो भएको छ’ जिल्ला प्रशासन कार्यालय स्रोतले भनेको छ । तर, यातायात व्यवसायीहरु अझै सन्तुष्ट छैनन् । चिल्ला सडकमा मात्रै सिन्डिकेट देख्ने सरकारले जिल्लाका ग्रामिण भेगमा पुर्याएको सेवा सुविधा नदेखेको भन्दै उनीहरुले अक्रोश पोखेका छन् ।

अरबिन्द्र गौतम / काभ्रे