Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

रसियाको सपिङ सेन्टरमा आगलागी : ३७ को मृत्यु, ४१ बालबालिकासहित ६४ बेपत्ता

Monday, March 26, 2018 National Power

१२ चैत,मस्को – साइबेरियाको कोइला खानी सहर केमेरोभोमा अवस्थित एक सपिङ सेन्टरमा भएको भिषण आगलागीमा परेर कम्तिमा ३७ जनाको मृत्यु भएको छ । सपिङ मलमा रहेका ४१ बालबालिकासहित ६४ जना अझै हराइरहेका छन् । आगलागीका कारण भवनको विभिन्न भाग भत्कने खतरा रहेको छ ।

विन्टर चेरी कम्प्लेक्सको माथिल्लो भागबाट आगलागी शुरु भएको बताइएको छ । धेरै मृत्तकहरु सिनेमा हलमा रहेका थिए । समाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा मानिसहरु आगलागीबाट बच्न ५० फुटमाथि हाम फालिरहेको देखिएको छ । स्थानीय अधिकारीका अनुसार उद्धारका लागि ६६० जना विपत् व्यवस्थापनका कर्मचारी खटाइएको छ । आगलागीको कारण अझै पत्ता लागेको छैन । यसबारे अनुसन्धान शुरु भइसकेको छ ।

राजधानी मस्कोबाट केमेरोभो ३६ सय किलोमिटर पूर्वमा रहेको छ । सिनेमा, हल, रेस्टुरेन्ट, साउना, बलिङ एले र चिडियाखानासमेत रहेको यो मल सन् २०१३ मा खुलेको थियो । स्थानीय समय अनुसार साँझ ५ बजे आगलागी शुरु भएको थियो । मृत्तक ३७ जना मध्ये धेरैको पहिचान गर्न अप्ठ्यारो रहेको छ । त्यसमा ९ जना बालबालिका रहेका छन् । दुईवटा सिनेमा हलको छत खसिसकेको छ भने तेस्रो तल्लामा रहेको एउटा सिनेमा हलमा अझै उद्धारकर्मीहरु पुग्न सकेका छैनन् । मृत्तकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।