१० चैत,काठमाण्डौ – भारतले नेपालको सिमा मिचेको भन्दै यहि आउदो २४ गते शनिबार एक लाख मानिसलाई सचेत देश भक्त मंचले टुडिखेलमा उतार्ने भएको छ ।
ग्रेटर नेपालको नक्सा बनाई नेपाली भुमिलाई संरक्षण गर्न भन्दै मानिसहरुलाई कार्यक्रममा सहभागी हुन आज उसले एक अपिल गरेको छ । हिसाव किताव हुन्छ अव कसले कती सिमाना मिचेको छ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गर्न लागेको मञ्चले अपिलमा भनेको छ ।