Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बन्धक छुटाउन आफूलाई जिम्मा लगाउने ‘नायक’ प्रहरीको मृत्यु

Saturday, March 24, 2018 National Power

१० चैत, काठमाडौं –  फ्रान्सको एक सुपरमार्केटमा बन्धक छुटाउन आफ्नो ज्यान जोखिममा राखेका एक प्रहरीको मृत्यु भएको छ । ४५ वर्षीय लेफ्टिनेन कर्णेल आर्नो बाल्ट्रामले बन्धक बनाइएका सार्वसाधरणलाई छुटाउन आफूलाई आक्रमणकारीको जिम्मा लगाएका थिए । क्रमणकारीले एक ग्राहक र स्टोरका कर्मचारीको हत्या गरेका थिए । अरुलाई सुरक्षित रुपमा बाहिर निकालेपछि आक्रमणकारीले एक महिलालाई मानव ढालका रुपमा प्रयोग गरेका थिए ।

बाल्ट्रामले महिलालाई छुटाउन आफू आक्रमणकारीलाई जिम्मा लगाएका थिए । प्रहरीको अपरेशनका क्रममा अक्रमणकारी मारिए तर, बाल्ट्राम पनि गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको आन्तरिक मामिलामन्त्री जेरा कोलोले ट्वीटरमा जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘उनले देशका निम्ति मृत्युवरण गरे । फ्रान्सको उनको सहास, बहादुरी र त्यागलाई कहिल्यै बिर्सने छैन ।’ राष्ट्रपति एमानुएल माक्रोले बाल्ट्राक नायक जस्तै लडेको र अवपादपूर्ण साहस देखाएको बताएका छन् ।