Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

बन्धक छुटाउन आफूलाई जिम्मा लगाउने ‘नायक’ प्रहरीको मृत्यु

Saturday, March 24, 2018 National Power

१० चैत, काठमाडौं –  फ्रान्सको एक सुपरमार्केटमा बन्धक छुटाउन आफ्नो ज्यान जोखिममा राखेका एक प्रहरीको मृत्यु भएको छ । ४५ वर्षीय लेफ्टिनेन कर्णेल आर्नो बाल्ट्रामले बन्धक बनाइएका सार्वसाधरणलाई छुटाउन आफूलाई आक्रमणकारीको जिम्मा लगाएका थिए । क्रमणकारीले एक ग्राहक र स्टोरका कर्मचारीको हत्या गरेका थिए । अरुलाई सुरक्षित रुपमा बाहिर निकालेपछि आक्रमणकारीले एक महिलालाई मानव ढालका रुपमा प्रयोग गरेका थिए ।

बाल्ट्रामले महिलालाई छुटाउन आफू आक्रमणकारीलाई जिम्मा लगाएका थिए । प्रहरीको अपरेशनका क्रममा अक्रमणकारी मारिए तर, बाल्ट्राम पनि गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको आन्तरिक मामिलामन्त्री जेरा कोलोले ट्वीटरमा जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘उनले देशका निम्ति मृत्युवरण गरे । फ्रान्सको उनको सहास, बहादुरी र त्यागलाई कहिल्यै बिर्सने छैन ।’ राष्ट्रपति एमानुएल माक्रोले बाल्ट्राक नायक जस्तै लडेको र अवपादपूर्ण साहस देखाएको बताएका छन् ।