Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

माओवादी बैठकः मन्त्रीहरुको इन्चार्ज खोसियो, कसले पाए नयाँ जिम्मेवारी ?

Saturday, March 24, 2018 National Power

१० चैत, काठमाडौं –  माओवादी केन्द्रले मन्त्री भएका नेताहरुको प्रदेश इन्चार्ज जिम्मेवारी खोसेको छ र नयाँ इन्चार्ज तोकेको छ । शनिबार बसेको हेडक्वाटरको बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको हो ।

यससँगै मात्रिका यादव, वर्षमान पुन र शक्ति बस्नेत प्रदेश इन्चार्जबाट हटेका छन् । प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जबाट हटेका छन् । यादव २, गुरुङ ४ पुन ५, बस्नेत प्रदेश ६ का इन्चार्ज थिए । प्रदेश १ का इन्चार्ज रहेका गोपाल किरातीलाई कारबाही गरेकाले यो पद पनि रिक्त थियो ।

अब प्रदेश १ मा राम कार्की, २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मा इन्र्चाज बनेका छन् । प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट इन्चार्ज कायमै रहेको माओवादीले जनाएको छ ।