Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

माओवादी बैठकः मन्त्रीहरुको इन्चार्ज खोसियो, कसले पाए नयाँ जिम्मेवारी ?

Saturday, March 24, 2018 National Power

१० चैत, काठमाडौं –  माओवादी केन्द्रले मन्त्री भएका नेताहरुको प्रदेश इन्चार्ज जिम्मेवारी खोसेको छ र नयाँ इन्चार्ज तोकेको छ । शनिबार बसेको हेडक्वाटरको बैठकले मन्त्रीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिने निर्णय गरेको हो ।

यससँगै मात्रिका यादव, वर्षमान पुन र शक्ति बस्नेत प्रदेश इन्चार्जबाट हटेका छन् । प्रमुख सचेतक देव गुरुङ पनि इन्चार्जबाट हटेका छन् । यादव २, गुरुङ ४ पुन ५, बस्नेत प्रदेश ६ का इन्चार्ज थिए । प्रदेश १ का इन्चार्ज रहेका गोपाल किरातीलाई कारबाही गरेकाले यो पद पनि रिक्त थियो ।

अब प्रदेश १ मा राम कार्की, २ मा विश्वनाथ साह, ४ मा हितराज पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मा इन्र्चाज बनेका छन् । प्रदेश ३ मा हितमान शाक्य र प्रदेश ७ मा लेखराज भट्ट इन्चार्ज कायमै रहेको माओवादीले जनाएको छ ।