Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

चौँरीपालन व्यावसाय प्रवद्र्धन गर्न महोत्सव हुने

Tuesday, March 20, 2018 National Power

६ चैत, पाँचथर – दुर्लभ बन्दै गएको चौंरीपालन व्यावसाय प्रवद्र्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ । जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना गरिने मूल आयोजक समितिका अध्यक्ष डिल्लीअन्जुम केरुङले जानकारी दिए ।

चौँरी महोत्सवमा नेपाल भारत र भूटानबाट समेत गरी ५०० भन्दा बढी चौरीको प्रदर्शनी, याक राइडिङ, चौँरी जन्य उत्पादनको प्रदर्शनी तथा बिक्रीसमेत गरिने जनाइएको छ । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेको उक्त स्थानमा यो वर्ष १० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको बताइएको छ ।

महोत्वमा नेपाल, भारत र भूटानबाट समेत ठूलो संख्यामा अवलोकनकर्ता आउने र नेपालको उच्च भूभागमा पालिँदै आएका चौँरीका विभिन्न प्रकारका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन समेत महोत्सवले सघाउने आयोजकको दाबी छ ।