Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

ट्राफिक अपडेट

Tuesday, March 20, 2018 National Power

६ चैत,काठमाण्डौ – उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । नागढुङ्गा नाका हुँदै उपत्यका भित्रिने सवारी साधन भने यतिबेला क्युमा चलिरहेका छन् । सुरक्षा चेकजाँचका कारण सवारी क्यु लागेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । अन्य नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधन भने सामान्य तवरले संचालन भैरहेका छन् । उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । नागढुङ्गा नाका हुँदै उपत्यका भित्रिने सवारी साधन भने यतिबेला क्युमा चलिरहेका छन् । सुरक्षा चेकजाँचका कारण सवारी क्यु लागेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । अन्य नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधन भने सामान्य तवरले संचालन भैरहेका छन् ।

दुर्घटना पश्चात् हुने हेड इन्जुरी अर्थात टाउकोमा लाग्ने चोट कम गर्न २ पाङग्रे सवारी साधनमा बस्ने सबैले, हेल्मेटको प्रयोग गरौं भन्ने सन्देश दिन आज राष्ट्रिय ट्रमा सेन्टरले १ कार्यक्रमको आयोजना गरेको छ । अन्र्तराष्ट्रिय हेड इन्जुरी दिवसको अवसरमा राष्ट्रिय ट्रमा सेन्टरबाट सुरु भएको सचेतनामूलक र्‍याली टुडिखेल घुमेर राष्ट्रिय ट्रमा सेन्टरमा पुगेको छ । जसमा ट्राफिक प्रहरीको समेत सहभागिता रहेको थियो । प्रभातफेरी पश्चात हेड इन्जुरी र त्यसबाट हुन सक्ने मानवीय क्षतिको विषयमा एक कार्यक्रम समेत गरिने छ । सामान्य दुर्घटना वा झड्का पर्दा पनि २ पाङग्रे सवारी साधनमा पछाडि बस्ने ब्यक्ति उछिट्टिएर टाउकोमा चोट लाग्ने गरेको पाइएको छ । यस्तो जोखिम हटाउने उद्देश्यले सचेतनामूलक कार्यक्रम गरिएको राष्ट्रिय ट्रमा सेन्टरका डाइरेक्टर प्रमोद कुमार उपाध्यायले जानकारी दिनु भएको छ । २ पाङग्रे सवारी साधनमा बस्नेले हेल्मेट लगाउँदा ८० प्रतिशतसम्म हेड इन्जुरी कम हुने पनि डाइरेक्टर उपाध्यायले बताउनु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ५ देउरी पुल नजिकै हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिंदा १ जनाको मृत्यु भएको छ भने एक जना भने गम्भीर घाइते भएका छन् । हिजो बेलुकी सवा ८ बजे गाईघाटबाट जलजलेतर्फ जाँदै गरेको स ५ प ९२२८ नम्बरको मोटरसाइकल, स्थानीय सुरज चौधरीलाइ ठक्कर दिएर पल्टिएको थियो । मृत्यु हुनेमा मोटरसाइकल चालक उदयपुर त्रियुगा नगरपालिका ५ का शिवराम चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्री सोही ठाँउका सुरज कुमार चौधरीलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको ईलाका प्रहरी कार्यालय जलजलेले जनाएको छ ।

बाग्लुङको ढोरपाटन नगरपालिका २ गँगरेमा आज बिहानै बस दुर्घटना हुँदा चालक सहित १० जना घाइते भएका छन् । घाईते सबैलाई उद्धार गरि उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको छ । दुर्घटना पश्चात् एक महिला भने बेपत्ता भएकोले खोजी भैरहेको छ । बुटवलबाट १७ जना यात्रु राखी बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको बस आज बिहान ५ बजे, अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल गँगरे खोलामा खसेको थियो ।

काठमाडौँको गोपिकृष्ण स्थित पुल नजिकै आज हाइसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कपन बस्ने भोजपुरका २६ वर्षीय फुर्वा शेर्पा रहेका छन् । उनको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ ।आज विहान पौने ५ बजे काठमाडौँ इलाम चल्ने हाइसले शेर्पालाई ठक्कर दिएको थियो । ठक्कर दिने हाइस सहित चालकलाई प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको छ ।काठमाडौंको चावहिल ओरालोमा गएराती बा ४१ प १५०० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई पल्टीँदा बौद्ध नारायणटार बस्ने २९ बर्षीय हरिशरण बस्ताकोटी घाईते भएका हुन् । घाइते बस्ताकोटीको ओम अस्पताल चावहिलमा उपचार भैरहेको छ ।

नवलपरासीको मध्यविन्दु नगरपालिका १५ गोडारमा गएराती बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् ।मोटरसाइकल चालक दाङको तुल्सिपुर उपमहानगरपालिका १९ का २४ वर्षीय सुदिप कुवँर र पछाडि सवार तुुल्सिपुर ४ का २८ वर्षीय दिनेश गौतम रहेका छन् । घाइते दुवैको भरतपुर मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । गएराती पौने १२ बजे चितवनबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ७११६ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको रा ४ प ४४२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने बस सहित चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको छ ।

दाङको तुल्सिपुर उपमहानगरपालिका ११ तुर्किचोकमा हिजो बेलुकी सवारी साधनको ठक्करबाट एक वृद्धा घाइते भएकी छिन् ।घाइते हुनेमा रुकुमकी ७४ वर्षीया सुमी कुसारी रहेकी छिन् । घाइते बृद्धाको नेपालगञ्जमा उपचार भइरहको छ । हिजो बेलुकी साढे ८ बजे तुर्किचोकमा बस्ने आफन्त भक्त बहादुर के।सीको घरको सडक छेउमा बसेकी कुसारीलाई सवारी साधनले ठक्कर दिएको थियो । दुर्घटना पश्चात् सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको दाङ प्रहरीले जनाएको छ । रामेछापको दत्रुङगेमा हिजो साँझ ट्याक्टरको ढालाले लागेर दाहिने कान चुडिँदा एक कामदार घाईते भएकी छिन् । कैलाली घोडाघोडी नगरपालीका ४ की ३५ बर्षीया हरिदेवी भट्टराई घाईते भएकी हुन् । घाईतेलाई स्थानिय अस्पतालबाट थप उपचारको लागी काठमाडौं ल्याइएको छ । हिजो साँझ ५ बजे, ना६त ६६१७ नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा अचानक ट्याक्टरको ढालाको नट खुस्कीएर उनलाई लागेको थियो ।

सर्लाहीको हरिवन नगरपालिका ७ प्रता टोलमा हिजो बेलुकी म्याजिक भ्यान र मोटरसाइकल आपसमा ठोकिंदा एक जना घाइते भएका छन् । हिजो बेलुकी ८ बजे ना १ ज ४२३६ नम्बरको भ्यान र ना २० प ५८६२ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका थिए । घाइते हुनेमा मोटरसाइकल चालक हरिवन नगरपालिका ११ का थीर जंग कार्की रहेका छन् । उनलाई स्वाभिमान अस्पताल सर्लाहीबाट थप उपचारको लागि काठमाडौ ल्याइएको छ । दुुर्घटना पश्चात् फरार रहेका म्याजिक भ्यान चालकको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

धादिङको त्रिपुरा सुन्दरी गाँउपालीका २ मा गएराती मोटरसाईकलको ठक्करबाट एक बालक गम्भिर घाईते भएका छन् । स्थानिय ३ बर्षीय बालक राम कुमाल घाईते भएका हुन् । घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा उपचार भैरहेकोमा उनलाई थप उपचारको लागी काठमाडौ पठाउने तयारी भैरहेको छ । गएराती ९ बजे, खोल्सीबाट सिक्टारतर्फ जाँदै गरेको बा २८ प ६६६४ नम्बरको मोटरसाईकलले बालकलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय सल्यानटारले जनाएको छ । मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ५ सय ७५ जना सवारी चालकहरु हिजो उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीको कार्वाहीमा परेका छन् । जसमध्ये जथाभावी यात्रु चढाउने तथा ओराल्ने ३४५ जना र लेन उल्लङ्घन गर्ने २३० जना चालक रहेका छन् । त्यस्तै, जथाभावि सवारी पार्किङ गर्ने १७२ जना, मदिरा पिएर सवारी साधन चलाउने ७८ जना, अनावश्यक हर्न बजाउने ३३ जना र मिटरमा नजाने २० जना ट्याक्सी चालकलाई पनि ट्राफिक प्रहरीले हिजो कार्वाही गरेको छ ।

क्ष्ःन् ठ