५ चैत, काठमाण्डौ – उपत्यका स्थित कंलकी, बल्खु, जडिबुटी, कोटेश्वर, केशरमहल, लैनचौर, सोह््रखुट्टे हुदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । उपत्यका स्थित कंलकी, बल्खु, जडिबुटी, कोटेश्वर, केशरमहल, लैनचौर, सोह््रखुट्टे हुदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । यसैैगरी गौशाला, मित्रपार्क, चावहिल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, कालीमाटी, मैतीदेबी, सेतोपुल हुदै चल्ने सवारी साधनको पनि चाप रहेको छ । चाप रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरीरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । यस बाहेकका अन्य चोकमा भने सवारी साधनले ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्नेछ । विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरीने सवारी साधन सामान्य रुपमानै चलिरहेका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालीका १ मा आज बिहान ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार दाङ तुल्सीपुर नगरपालीका २७ का २६ बर्षीय हेमन्त लामिछाने रहेका छन् । उनको उपचारको क्रममा क्रिमसन अस्पताल बुटवलमा बिहान साढे १० बजे, मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका सोही स्थानका चालक १७ बर्षीय सुमन वि।सीको सोही अस्पतालमै उपचार भैरहेको छ । आज बिहान सवा ८ बजे, बा२ख ५१ २२ नम्बरको ट्रिपरले लु३५प ४५ ९० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ट्रिपर सहित चालकलाई ईलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ ।
धादिङको थाक्रे गाँउपालीका १ मा आज बिहान भएको सवारी दुर्घटनामा मोटरसाईकल चालक सहित २ जना घाईते भएका छन् । घाईते हुनेमा चालक ललितपुर लगनखेलका ३४ बर्षीय दिपेश तामाङ र पछाडी सवार २९ बर्षीय रोशन दाहाल रहेका छन् । घाईते मध्ये तामाङको अवस्था गम्भिर रहेकोले उनलाई उपचारको लागी वि।एण्ड।वि अस्पताल ललितपुर ल्याइएको छ भने दाहालको धादिङकै स्थानिय अस्पतालमा उपचार भैरहेको छ । आज बिहान साढे ८ बजे, काठमाडौंबाट दाङ तर्फ जादै गरेको जिपले सोही दिशा तर्फ जादै गरेको कारलाई ठक्कर दिएको र कारले बोलेरो जिपलाई र बोलेरो जिपले पुनः बा६१प ६१ ९४ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको धादिङ प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न तीनै वटा सवारी साधनलाई चालक सहित प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बेलबारी नगरपालिका ८ चिसाङ पुल नजिकै आज कार दुर्घटना हुँदा चालक घाइते भएका छन् । आज बिहान ८ बजे को १५ च ६४१५ नम्बरको कार दुर्घटना हँुदा मोरङकै पथरी शनिश्चरे नगरपालिका १ का ४० वर्षिय वीर बहादुर घिमिरे घाइते भएका हुन् । घाइतेलाई उपचारको लागि विराटनगर पठाइएको छ । घाइतेको अवस्थामा भने खतरामुक्त रहेको स्थानीय प्रहरीले जनाएको छ ।