Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

मेयरलाई धम्क्याउँदै ‘१० लाख नदिए मार्दिन्छौं’ भन्ने २ जना पक्राउ

Monday, March 19, 2018 National Power

५ चैत , काठमाडौं–रौतहटको ब्रिन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवलाई फोन गरेर ‘१० लाख नदिए मार्दिन्छौं’ भन्दै धम्की दिने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

बिगत १२ दिनदेखि यसरी मेयरलाई पैसा मागेर धम्क्याउँदै आएका मोहम्मद साम्सङ आलम र जुल्फिकर शेखलाई ललितपुरको बालकुमारीबाट नियन्त्रणमा लिइएको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता ९एसपी० जीवन श्रेष्ठले जानकारी दिए ।

२५ वर्षीय आलम रौतहट स्थित कठरिया नगरपालिकाका स्थायी बासिन्दा हुन् । त्यस्तै ४५ वर्षीय जुल्फिकर शेख रौतहटको राजपुर नगरपालिकाका स्थायी बासिन्दा भएको बताइएको छ । उनीहरुलाई प्रहरीले आईतबार राती नियन्त्रणमा लिएको हो ।