Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

मूर्तिकलाले चिटिक्क इटहरीको तालतलैया

Monday, March 19, 2018 National Power

५ चैत, इटहरी – इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने तालतलैया पर्यटकीय क्षेत्र जिल्लाको सबैभन्दा लोकप्रिय घुम्ने स्थल हो । २०७३ सालमा भएको अन्तर्राष्ट्रिय कार्यशालामा बनाइएका मूर्तिहरूले तालतलैयालाई पूर्वका अन्य सिमसार क्षेत्रको पर्यटनभन्दा मौलिक बनाएको पर्यटनकर्मीहरु बताउँछन् । गत साल नेपालसहित जापान, जर्मन, इजराइल, मलेसिया र भारतका ३३ मूर्तिकारहरुले २८ वटा मूर्तिहरु तालतलैयामा बनाएपछि यहाँका आगन्तुकहरु अघिल्ला बर्षको तुलनामा बढेको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई बताउँछन् ।

तालतलैयाको व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई तालतलैया क्षेत्रमा व्यवस्थित बोटिङ, बाल उद्यान र अन्य आकर्षक आम्दानीमुलक पूर्वाधारहरू विकास गरेर आगन्तुुकहरु थप बढाउने बताउँछन् । राईका अनुसार गत वर्ष तालतलैयामा एकल घुमन्ते र पिकनिक गरेर पाँच लाख पर्यटकहरुले भ्रमण गरेका थिए । ७६ दशमलव ४५ हेक्टर क्षेत्रफलमा फैलिएको सुन्दर, हरियाली र एकान्त तालतलैयाको २१ दशमलव ५० हेक्टर क्षेत्रफलमा भने पर्खालले घेराबारे गरिएको छ । विभिन्न ८ वटा पोखरीलाई मर्ज गरेर ६ पोखरी बनाइएको तालतलैयामा जलपरी रिक्सा भनिने जलबिहार पनि सञ्चालन रहेको छ । पूर्व(पश्चिम राजमार्गको इटहरी पूर्वमा रहेको जुट विकास चोकबाट ५ किलोमिटर तथा कोसी राजमार्गको इटहरी तरहारा क्षेत्रबाट ३ किलोमिटरको सडक दुरीमा तालतलैया पुगिन्छ ।