Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको यस्तो बधाई सन्देश

Sunday, March 18, 2018 National Power

४ चैत , काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङ फिङलाई चीनको राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेकी छिन् । बधाई सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच सुमधुर आपसी सम्बन्ध रहँदै आएको र सो मैत्री सम्बन्ध आगामी दिनमा पनि झन् प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले चिनियाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा वाङ क्वीसानलाई बधाई ज्ञापन गरेका छन् । उपराष्ट्रपति पुनले आफ्ना चिनियाँ समकक्षीलाई दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ मजबुद हुने विश्वास व्यक्त गरेका छन् । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्रपति सि जिङ फिङ पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । प्रधामन्त्री ओलीको सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताएका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र नेपालको भूमी चीनविरुद्ध प्रयोग हुन नदिइने उल्लेख गरेका छन् ।साथै, प्रधानमन्त्री ओलीले राष्ट्रपति फिङको कार्यकालमा दुई देशबीचको आपसी सम्बन्ध अझ दरिलो हुने विश्वास व्यक्त गरेका छन् ।