Friday 17th May 2024

    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता    राष्ट्रिय संगीतकर्मी संघको नयाँ नेतृत्वमा प्रकाश कटुवाल    साहित्य, पत्रकारिता र सामाजिक विधा अन्र्तगत ओझालाई दिईयो बहुआयाम राष्ट्रिय सेवा सम्मान

‘डान्स नेपाल डान्स’ रियालिटी शोको नाममा ठगी, विजेताले पाएनन् पुरस्कार

Thursday, March 15, 2018 National Power

काठमाडौं – ‘डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटी सोका पहिलो र दोस्रो सिजनका विजेताहरुले अझै पुरस्कार नदिएको खुलेको छ । एक राष्ट्रिय टेलिभिजनबाट सञ्चालित उक्त रियालिटी सोको पहिलो सिजनमा प्रथम हुनेलाई १ लाख, दोस्रो सिजनमा साढे दुई लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई १८ हजार नगद पुरस्कारसहित विभिन्न ठाउँमा जागिर लगाइदिने बताइए पनि विजेताहरुले अहिलेसम्म पनि पुरस्कार नपाएको खुलेको हो ।

विजेतालाई पुरस्कार नदिइ आयोजक सम्पर्कविहीन भएपछि पीडितहरुले महानगरीय अपराध महाशाखामा उजुरी समेत दिएका थिए । उजुरीको आधारमा प्रहरीले आयेजक भी एण्ड भाइरस डान्स एकेडेमीका सञ्चालक काठमाडौं–४, धुम्बाराहीका विक्रम अछामीलाई पक्राउ गरेको छ । उनलाई बुधबार बागबजारबाट पक्राउ गरी थप अनुसन्धान थालिएको हो ।