Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

युएस बंगलाको काठमाडौं-ढाका उडान आजैदेखि बन्द

Thursday, March 15, 2018 National Power

१ चैत काठमाडौं – गत सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका-काठमाडौं उडान बन्द गरेको छ । विमान अभावका कारण काठमाडौं ढाका उडान विहीबारदेखि केही समयका लागि रोकेको युएस बंगलाले जनाएको छ । ७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका ७१ जनामध्ये अहिलेसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालस्थित युएस बंगलाका प्रतिनिधिका अनुसार विमान अभाव भएपछि करिब एक महिनाका लागि काठमाडौं ढाका उडान बन्द गरिएको हो । उपलब्ध भएको जहाजहरुमध्ये एउटा जहाज पनि परीक्षण (सी चेक) का लागि लानुपरेकाले काठमाडौं ढाका उडान बन्द गर्नुपरेको हो ।

बंगलादेशको सञ्चारमाध्यम डेली स्टारसँग कुराकानी गर्दै युएस बंगलाका महाप्रबन्धक कामरुल इस्लामले विमान अभावका कारण काठमाडौं ढाका बन्द गर्नुपरेको बताएका छन् । तर यस बारेमा त्रिभुवन विमानस्थललाई भने अहिलेसम्म कुनै जानकारी गराइएको छैन । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन् ‘अहिलेसम्म हामीलाई उडान बन्द गर्ने बारेमा कुनै जानकारी आएको छैन, उडान बन्द गर्दा हामीलाई जानकारी गराउने प्रचलन छ ।’