Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

विमान दुर्घटनामा काभ्रेली डाक्टर न्युरो सर्जन बालकृष्ण थापाको पनि निधन

Tuesday, March 13, 2018 National Power

२९ फागुन,काठमाण्डौ – युएस–बङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको पनि निधन भएको छ । डा। थापा भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पताल प्रालि तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत थिए । बंगलादेशमा भएको चिकित्सा सम्बन्धी सेमिनारमा भाग लिएर नेपाल फर्कने क्रममा उनको विमान दुर्घटनामा परी मृत्यु भएको हो ।

०२४ माघ १४ गते कुसादेवी–३, काभ्रेमा जन्मिएका थापाले कुशादेवी उच्चमाविबाट एसएलसी उत्तीर्ण गरेका थिए । डा। थापा चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका गोल्ड मेडलिस्ट डाक्टर हुन् । ०५१ सालमा एमबिबिएस उत्तीर्ण भएका उनले चिकित्सा क्षेत्रमा अध्ययनका क्रममा ३ पटक सम्म स्वर्ण पदक प्राप्त गरेका थिए । थापाले बंगलादेशको ढाकामा रहेको बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमडी गरेका थिए ।
डा। थापा थुप्रै देशमा पुगी विभिन्न शोध तथा अध्ययनमा सक्रिय थिए । न्युरो सर्जरीमा लामो समय योगदान गरेका कारण उनले देशविदेशका धेरै पुरस्कार र सम्मान पाइसकेका छन् । चिकित्सा पेशाका साथै साहित्यमा समेत सक्रिय थापाका ‘डाक्टरी कविता’ ९२०६१०, ‘डाक्टरका कविता’ ९२०६९० कवितासंग्रह र ‘चिरफार’ ९२०७०० निबन्धसंग्रह प्रकाशित छन् । यसका साथै उनले चिकित्सा क्षेत्रबारेको आफ्नो अध्ययन र शोधलाई समेटेर सन् २०१३ मा ‘न्युरो अंकोलोजी’ पुस्तक समेत निकालेको भनी सन्देश आचार्यल जानकरी दिनु भयो

अरबिन्द्र गौतम/ काभ्रे