Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

मेयर चौधरीमाथि गोली प्रहार गरेको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ

Tuesday, March 13, 2018 National Power

२९ फागुन,काठमाडौँ –  कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले घटनामा संलग्न रहेको आशंकामा तीन जना विप्लवका कार्यकताहरुलाई पक्राउ गरिएको पुष्टि गरेका हुन् ।

सोमबार साँझ आठ बजे नगरपालिकाको सुख्खड बजारस्थित चौधरीकै निवासमा गएको अज्ञात समूहले उनी माथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको थियो । यसअघि, नेकपा माओवादील मेयर चौधरीमाथि कारवाही गर्ने विज्ञप्ती जारी गरेको थियो । राजीनामा नगरे कारवाही गर्ने विज्ञप्तीमा थियो । घटनापछि सो पार्टीले केही जिम्मेवारी लिएको छैन् । सोमबार विहान नगर प्रमुख चौधरीलाई कारबाही गर्ने भनेर विप्लव नेतृत्वको नेकपाको कैलाली पार्टी कमिटिले विज्ञप्ती जारी गरेको थियो । अन्य आक्रमणकारीको खोजि भैरहेको प्रहरीले जनाएको छ । प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

उनको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ । नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो ।

उनको गम्भीर अपराधलाई पनि सामान्य रुपमा लिएको आरोप लागेको थियो । तर शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख चौधरीले आफूले घटनालाई मिलाउन नखोजेको दाबी गरेका थिए । उनले घटनाको बारेमा सुरुको दिन खासै जानकारीसमेत नभएकाले घटनाबारे चासो नै नदिएको पत्रकार सम्मलेनमा बताएका थिए । बोक्सीको आरोपमा किशोरीमाथि कुटपीट गर्ने विरुद्ध जाहेरी नलिने प्रहरी पनि कारवाहीमा परिसकेका छन् । अहिलेसम्म घटनामा आरोपित तीन जना पक्राउ परेका छन् । र, दुई जना विरुद्ध मुद्दा नै दर्ता भएको छ।