Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाग्रस्त

Monday, March 12, 2018 National Power

२८ फागुन,काठमाडौं  – युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो । आगो निभाइएको र यात्रुहरुको उद्धार भैरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटबल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

थप विवरण आउन बाँकी छ । विमान कति यात्रु थिए र कहाँका थिए भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन । उद्धारमा खटेका सुरक्षाकर्मीका अनुसार केही घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । उद्धारका लागि आन्तरिक तथा बाह्य गरी सबै उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।