Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाग्रस्त

Monday, March 12, 2018 National Power

२८ फागुन,काठमाडौं  – युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ ।बंगलादेशको ढाकाबाट आएको विमानमा अवतरणको क्रममा आगो लागेको हो । आगो निभाइएको र यात्रुहरुको उद्धार भैरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमान उछिट्टिएर विमानस्थल पूर्वको फुटबल मैदानमा पुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

थप विवरण आउन बाँकी छ । विमान कति यात्रु थिए र कहाँका थिए भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन । उद्धारमा खटेका सुरक्षाकर्मीका अनुसार केही घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । उद्धारका लागि आन्तरिक तथा बाह्य गरी सबै उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।