Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

एमालेबाट को बन्ला राष्ट्रियसभा अध्यक्ष ?

Monday, March 12, 2018 National Power

२८ फागुन, काठमाडौं – नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार सोमबार टुंगो लगाउँदै छ । सोमबार दिउँसो एक बजेसम्म मनोनयन दर्ताको समय तोकिएकाले एमालेले उम्मेदवार छनोट गर्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन सिंहदरवारमा बिहान शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

अध्यक्ष पदका लागि पर्शुराम मेघी गुरुङ, गणेशप्रसाद तिमिल्सेना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवरलगायत आकांक्षी छन् । माओवादीसँग भएको सहमतिअनुसार एमालेले राष्ट्रियसभाको अध्यक्ष पाएको छ । सभामुख भने माओवादीबाट कृष्णबहादुर महरा बनिसकेका छन् ।