Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

एमालेबाट को बन्ला राष्ट्रियसभा अध्यक्ष ?

Monday, March 12, 2018 National Power

२८ फागुन, काठमाडौं – नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार सोमबार टुंगो लगाउँदै छ । सोमबार दिउँसो एक बजेसम्म मनोनयन दर्ताको समय तोकिएकाले एमालेले उम्मेदवार छनोट गर्न लागेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुंगो लगाउन सिंहदरवारमा बिहान शीर्ष नेताहरुको बैठक बोलाइएको छ ।

अध्यक्ष पदका लागि पर्शुराम मेघी गुरुङ, गणेशप्रसाद तिमिल्सेना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवरलगायत आकांक्षी छन् । माओवादीसँग भएको सहमतिअनुसार एमालेले राष्ट्रियसभाको अध्यक्ष पाएको छ । सभामुख भने माओवादीबाट कृष्णबहादुर महरा बनिसकेका छन् ।