Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

११ देशको आ -आफ्नै कला र सस्कृति

Sunday, March 11, 2018 National Power

२७ फागुन, काठमाण्डौ – ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’को आयोजनामा गत फागुन १७ देखि सुरु भएको ‘नवौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४ सम्पन्न भएको छ । ‘पर्यटक कलाकारको स्वागत संत्कार ! नेपाली लोक संस्कृतिको आधार.. नाराका १० दिनसम्म चलेको यस मेला नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बर्धन गर्ने मूल उदेश्यले आयोजना गरिएको एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थापक अध्यक्ष तथा नवौ अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला–२०७४ का संयोजक आर सि कोइराला (रामचन्द्र)ले बताए ।

यस पटकको महोत्सव नेपालको बिभिन्न शहरअहरुमा आयोजना भएको थियोस् जस्तै काठमाण्डु, ललितपुर, धादिङ्ग गैंडाकोट र पोखराजस्ता पर्यटकीय क्षेत्रमा नेपाल, इस्टोनिया, कोस्टारिका इन्डोनेसिया, बङगलादेश, भारत, इजरायल, मलेशिय, टर्की, इटली र ग्रिस गरी एघार राष्ट्रका विभिन्न सांस्कृतिक समुहका ३०० भन्दा बढी कलाकारहरुले भाग लिएका थिए । उक्त महोत्सव अवधिभर कलाकारहरुले आ–आफ्नो संस्कृति झल्कने भेष–भुषा लगाई लोक नृत्य, संगित, लोक गीत र पदयात्रासमेत गरेका थिए ।

ऐतिहासिक तथा विश्वसम्पदा सुचिमा सूचिकृत हनुमानढोकाजस्ता पर्यटकीय दरबार क्षत्रमा कार्यक्रम गर्न पाउदा ११ देशका कलाकारहरु अचम्मित परेका थिए। । यस मेला हरेक दुई–दुई बर्षमा आयोजना गरी अन्य मुलुकसँग पनि संस्कृती आदान–प्रदान गरिसकेको जानकारी कोइरालाले गरए। स्थापनाकाल देखि नै यस संस्थाले नेपालको सांस्कृतीक विविधतालाई विश्वसामु प्रस्तुत गरी नेपालको गरिमा बढाउने काम गर्दै आएको छ । नेपालले आफूलाई विश्व समुदायमा प्रस्तुत गर्न थालेको केही दशकमात्र भएपनि यस्ता कार्यक्रमले नेपाली पर्यटन क्षेत्रलाई समेत टेवा पुरर्याउने रायमाझीले भनाइ छ । यद्यपी, नेपालको यी अनौठो सांस्कृितक विविधता अहिलेसम्म ओझेलमा पर्दै आएको र यस स्थितिलाई मध्यनजर गर्दै यस संस्थाले आफ्नो मौलिक लोक संस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गर्दै आएको कोइरालाले बताए ।