Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सन्तोष श्रेष्ठको एकल गायन सम्पन्न

Saturday, March 10, 2018 National Power

२६ फागुन,काठमाण्डौ – लोकप्रिय सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको एकल गायन सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको हो । vश्रेष्ठले आफ्नो गायनको क्रममा राष्ट्रिय भाव, आधुनिक, गजल र लोकगीत प्रस्तुत गरेका थिए ।


आफ्नो एकल सङ्गीतमा रहेका गीतहरूको गायनका क्रममा राष्ट्रकवि माधव घिमिरेको पश्चिम रुन्छ महाकाली … कालीप्रसाद रिजालको सुन हे सुन …  दिनेश अधिकारीको पूर्व जागौँ पश्चिम जागौँ … रमेश क्षितिजको परेलीको बर्षातले …बटुवा हो मान्छे भन्नु …  दामु मर्सिफुलको आउँछु भनी निष्ठुरीले… सरोज के।सी।को तिम्रो दिलमा चोट लाग्दा … प्रकाश के।सी।को तिमीले भुल्न सकेपनि …  बोलेपछि माया बढ्छ … प्रबल विष्टको कति खुशी हुन्थेँ होला …  लोकराज अधिकारीको तिमीले पराई ठानेपछि …  शशि शर्मा मजगैँयाको तिम्रै यादमा भित्र भित्रै …  डी।आर।को झनझन मुटु …  अर्जुनमिलनको जाउँत माया उँदै सलल …  गीतहरू प्रस्तुत गरेका थिए ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा अध्यक्ष मनलाल ओलीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तथा केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले सन्तोष श्रेष्ठको व्यक्ति परिचय गराउनु भएको थियोे भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष सिर्जना शर्माले गर्नुभएको थियोे ।