Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गायक मोहन खड्का र गायिका सिर्जना चेपाङको “ धुरु धुरु रुनु पर्ला नी ” ( भिडियो सहित )

Friday, March 9, 2018 National Power

२५ फागुन ,काठमान्डौँ – भावना म्युजिक सोलुसनको प्रस्तुतिमा रमेश रिमालाको लोकदोहोरी गित “ धुरु धुरु रुनु पर्ला नी ” युटुव मार्फत बजारमा आएको छ । मायालुले आफनो भावनालाई बुझेको भए पागल बन्नु नपर्र्ने कुरा गित मार्फत ब्यक्त गरिएको छ । एक अर्काले आपसी रुपमा माया नबुझदा विछोड जस्तो अवस्थाको सामना गर्नुपर्ने कुरा गितमा ब्यक्त गरिएको छ ।

आशुँ र विछोडको अवस्थामा आपसीमा हुने मार्मिक व्यथालाई कलात्मक रुपमा भिडियोमा देखाइएको छ । रमेश रिमाल र अञ्जली अधिकारीद्धारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भए सगै अत्याधिक चर्चाको शिखरमा रहेको निमार्ण पक्षले जनाएको छ ।सन्देशमुलक यस गीतमा गायक मोहन खड्का र गायिका सिर्जना चेपाङको सुमधुर आवाज रहेको छ ।

राजेन्द्र खड्काको शब्द र गायक मोहन खड्काले नै गीतमा लय भरेका छन् । सुरेश श्रेष्ठले खिचेको उक्त भिडियो लाई कपिल लामाले निर्देशन गरेका हुन् । भिडियो भावना म्युजिक सोलुसनले बजारमा ल्याएको हो । विछोडका मर्मिक भावहरुलाई समेटेर नेपाली लोक गित संगितको विकाशमा सहयोग पुयाउने अपेक्षाका साथ गित ल्याएको प्रस्तुतकर्ता रमेशले बताए । “ धुरु धुरु रुनु पर्ला नी ” गितको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो