Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आगामी चैत ८ गतेदेखि सुरु हुने एसइई परीक्षाको तयारी पूरा

Thursday, March 8, 2018 National Power

फागुन २४, काठमाडौँ – आगामी चैत ८ गतेदेखि सुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जिल्ला जिल्ला पठाउने काम सकिएको बताए ।

यसवर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी कूल चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।
बिहान ८ देखि ११ बजेसम्म हुने परीक्षाको पहिलो दिन चैत ८ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिकतर्फका परीक्षा चैत १४ गते सुरु भई २० गतेभित्र सम्पन्न हुनेछन् । परीक्षामा एक हजार ९५६ केन्द्राध्यक्ष, तीन हजार ९१२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटिने बताइएको छ ।

अरबिन्द्र गौतम/काभ्रे सम्बाददाता