Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

करोड क्लवमा मंगलमको पर्ख पर्ख मायालु

Thursday, March 8, 2018 National Power

काठमाडौं  – आगामी शुक्रबार रिलिज हुन लागेको छविराज ओझा निर्मित चलचित्र ‘मंगलम्’ को ‘पर्ख पर्ख मायालु‘’ गीत युट्युबमा एक करोड पटक भन्दा बढी हेरिएको छ । ‘छक्का पञ्जा’ को हिट गीत ‘देखन चम्पा सुनन चम्पा’ बोलको देउडा भाकाको गीत मार्फत चर्चाको शिखर चुमेका चर्चित संगीतकार दिपक शर्माको शब्द संगीत र एरेन्ज रहेको गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर रहेको छ ।

नवल नेपालले निर्देशन गरेको चलचित्रको ‘पर्ख पर्ख मायालु ले अर्गानिक १ रोड भ्यूज पाएको अवसरमा राजधानीको अल्फाबेटा कम्प्लेक्समा एक भब्य समारोहकाबिच १ करोड पुगेको खुशियालीमा चलचित्र यूनिटले खुशीयाली साटासाट गरेको छ । सो अवसरमा चलचित्र यूनिट, चर्चित कलाकारहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

चलचित्रले पचार प्रसारमा ठूलो लगानी र मेहेनत भन्दा पनि यही दीपकको मेहेनतमा बनेको यही गीतका कारण ठूलो प्रचार प्रसार पाएर अहिले प्रर्दशनको तयारीमा रहेको छ । ‘मंगलम्’ मा पुष्पल खड्का र शिल्पा पोखरेल मुख्य कलाकार छन् ।