Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

करोड क्लवमा मंगलमको पर्ख पर्ख मायालु

Thursday, March 8, 2018 National Power

काठमाडौं  – आगामी शुक्रबार रिलिज हुन लागेको छविराज ओझा निर्मित चलचित्र ‘मंगलम्’ को ‘पर्ख पर्ख मायालु‘’ गीत युट्युबमा एक करोड पटक भन्दा बढी हेरिएको छ । ‘छक्का पञ्जा’ को हिट गीत ‘देखन चम्पा सुनन चम्पा’ बोलको देउडा भाकाको गीत मार्फत चर्चाको शिखर चुमेका चर्चित संगीतकार दिपक शर्माको शब्द संगीत र एरेन्ज रहेको गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर रहेको छ ।

नवल नेपालले निर्देशन गरेको चलचित्रको ‘पर्ख पर्ख मायालु ले अर्गानिक १ रोड भ्यूज पाएको अवसरमा राजधानीको अल्फाबेटा कम्प्लेक्समा एक भब्य समारोहकाबिच १ करोड पुगेको खुशियालीमा चलचित्र यूनिटले खुशीयाली साटासाट गरेको छ । सो अवसरमा चलचित्र यूनिट, चर्चित कलाकारहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

चलचित्रले पचार प्रसारमा ठूलो लगानी र मेहेनत भन्दा पनि यही दीपकको मेहेनतमा बनेको यही गीतका कारण ठूलो प्रचार प्रसार पाएर अहिले प्रर्दशनको तयारीमा रहेको छ । ‘मंगलम्’ मा पुष्पल खड्का र शिल्पा पोखरेल मुख्य कलाकार छन् ।