Saturday 15th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

ट्राफिक अपडेट

Wednesday, March 7, 2018 National Power

२३ फागुन, काठमाडौं – उपत्यका स्थित कलंकी र कोटेश्वर हुँदै चल्ने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । विहानको पिक आवरका कारण यी सडकमा सवारी चाप बढेको हो । यसबाहेक उपत्यकाका अन्य चोकमा भने सवारी साधन क्युमा चलिरहेका छन् । ट्राफिक ब्यवस्थपनका क्रममा सवारी साधन चोकमा क्यु बस्ने पर्ने ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । थापाथली, पुतलीसडक, जयनेपाल, नयाँबानेश्वर, कालीमाटी, चावहिल, गौशाला, बालकुमारी र ग्वार्को चोकमा सवारी साधन क्युमा बस्नु पर्नेछ ।ओखलढुङ्गाको मोलुङ गाउँपालिका ७ जेसेमा आज एक पुरुष मृत फेला परेका छन् । स्थानीय अन्दाजी ४५ वर्षीय डम्बर बहादुर सुनुवार आज विहान ९ बजे मृत फेला परेका हुन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

नवलपरासीको बर्दघाट सुस्ता पुर्व स्थित विनयी त्रिवेणी गाउँपालिका ६ स्थित नारायणी नदिमा खसेर आज एक पुरुष बेपत्ता भएका छन् । माछा मार्न गएराती राखेको जाल उठाएर डुङ्गामा राख्ने क्रममा स्थानीय ३८ वर्षीय कनैया कुर्मी आज विहान ७ बजे नदीमा खसेका थिए । उनको खोजी भइरहेको नवलपरासी बर्दघाट सुस्ता पुर्वले जनाएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ का स्थानीयको कटेजमा बेलुकी आगो लाग्दा जलेर १ किशोरको मृत्यु भएको छ । हिजो बेलुकी साढे ८ बजे कटक बहादुर सार्कीको कटेजमा आगो लागेको थियो । आगोले जलेर उनका छोरा १९ वर्षीय रेशम सार्कीको घटनास्थल मै मृत्यु भएको हो । आगोले जलेर कटेज सहित कटेजमा रहेका लत्ता कपडा समेत नष्ट हुँदा ५० हजार बराबरको धनमालको क्षति भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ वाटर पार्कमा हिजो बेलुकी अशक्त अवस्थामा १ युवक फेला परेका छन् ।अन्दाजी २० वर्षीय युवक पानीमा डुबेको अवस्था फेला परेको र उद्धार गरेर उपचारका लागि भेरी अञ्चल अस्पताल पठाइएको बाँके प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।