२२ फागुन ,काठमाण्डौ – महिला तथा बालबालिका मन्त्री थम माया थापाले समाज कल्याण परिषद् अन्तर्गत रहेका संस्थाहरु जेष्ठ नागरिक कोष अपाङ्ग कोष र स्वास्थ्य कोषको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा तिन ओटै कोषका पदाधिकारीहरुले मन्त्री थापालाई बधाई तथा कार्यकालको शुभकामना दिएका छन् । अवलोकनका क्रममा मन्त्री थापाले तिनओटै कोषका पदाधिकारीहरुलाई आ–आफ्नो जिम्मेवारी निस्वार्थ सेवा भावले गर्न निर्देशन दिनुभयो ।
राष्ट्रिय जेष्ठ नागरिक कोषमा उपस्थित तिन ओटै कोषका पदाधिकारीहरुलाई मन्त्री थापाले जेष्ठ नागरिक बालबालिका सबै समाजका अति संबेदनशिल समुदाय भएकोले यीनीहरुको संरक्षण र सम्बर्धनमा राज्य पक्षबाट हुने सम्पुर्ण सेवा सुविधाको लागि पहल गर्ने बताउनु भयो । कार्यक्रममा जेष्ठ नागरिक कोषका जेपी केरुङ, सदस्य सचिव स्वास्थ्य कोषका सदस्य सचिव सीता देवी महत र अपाङ्ग कोषका सदस्य सचिव यम मैनाली लगायतकाले कोषले एक वर्षको अवधिमा गरेको कामको विवरण प्रस्तुत गरेका थिए ।

साथै तिनओटै निकायका समस्या र अभावबारे पनि मन्त्री थापालाई जानकारी गराएका थिए । कार्यक्रममा जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले आफ्नो अमुल्य समय दिएकोमा मन्त्री गापालार्ई धन्यबाद दिएका थिए । सोहि अवसरमा पावर न्युज राष्ट्रिय मासिकका सम्पादक कमला जोशी,नेशनल पावर न्युज डट कम का राजन थापा, राजन खरेल र चलचित्र निर्देशक माधव राज खरेलले संयुक्त रुपमा कार्यकालको शुभकामना सहितको मायाको चिनो सँगै महिला अधिकारका विषयमा लेखिएको दुर्गामाण्डौ मन्त्री थापालाई प्रदान गरेका थिए । दुर्गामाण्डौ उपन्यास सुदुरपश्चिमको छाउ प्रथा बोक्सी प्रथा र एकल महिलाले भोग्नु पर्ने समस्याहरु समेटेर निर्देशक खरेलले लेखेका हुन् ।
