२१ फागुन,धुलिखेल/अबिन्द्र गौतम – कैदीले पाउने सरकारी सेवा सुविधामा विभिन्न निकायको चलखेल त छंदै छ , विभिन्न कसुर भुक्तान गर्दै आएका जिल्ला कारागार काभ्रे कैदीबन्दीहरुले बजार मुल्य भन्दा झन्डै दोब्बर रकम तिरेर खाद्यन्न उपभोग गर्दै आएको गुनासो गरेका छन् । स्तभकारलाइ जेल भित्रबाट केहि कैदीहरुले पत्र पठाएर कैदीहरुलाइ थोपारिएको आर्थिक भार उजागर गर्न आग्रह समेत गरेका छन् ।
बन्दीहरुले पठाएको पत्रमा त्यहाँ उपभोग गरिने खाना, खाजा र चिया लगायतको मुल्य हेर्दा धुलिखेलका होटलहरुमा भन्दा कमि छैन् । सरकार मार्फत आउने सिधा खाना र रकममा समेत चौकीदार र नाइकेले कमाउने थलो बनाएका छन् । कारागारमा तिन वडा ब्लक छन जुन क,ख, ग मा विभाजित गरिएको छ । ख ब्लक जुन गोलघारको नामले परिचित छन । जहाँ बिशेष गरी मानसिक विरामी राख्ने गरिन्छ ।करागार भित्रै महाँगो तिरेर खाना बाध्य करागार भित्रै बाहिर होटलमा जस्तै खाने कुरा महाँगो तिरेर खाना बाध्य रहेको कैदीबनदीहरुले गुनासो गर्न थालेका छन् । करागारभित्र चौकीदार , नाइके र क्यान्टिनका सञ्चालकको मिलेमतोमा बाहिरबाट किनेर ल्याएको खाद्य सामग्रीहरु कारागार भित्र पुगेपछि कैदीबन्दीले किन्दा महाँगो रकम तिरेर खान बाध्य भएको गुनासो गर्न थालेको हो । गुनासो गर्दा उल्टै हप्काउने र थर्काउने गरेको कैदीबन्दीहरु बताउँछन् ।
कारागारका जेलर महेश पोखरेलले कैदीबन्दीले भनेको जस्तो नभएको दाबी गरे । उनले भने,‘महाँगो गरेको छ भने अनुगमन गरी कार्बाही बढाउँछौ आजसम्म आफुले यस्तो गुनासो नसुनेकाले यसबारे बुझेर मात्र बोल्ने मिल्ने छ ।’करागारभित्र कुन खाद्य सामग्रीको कति मुल्य रु बजारमा आलु प्रति धार्नेको ६० रुपैया पर्छन भने कारागार भित्र १ सय देखि १ सय २० रुपैया पर्छन । कालो चियाको बाहिर होटलमा १० रुपैया छन भने करागार भित्र पनि १५ रुपैया पर्छन । त्यस्तै दुध चियाको बाहिर होटलमा १५ रुपैया छन भने कारागार भित्र २५ रुपैया तिरेर पिउन बाध्य भएका छन् । एक कैदी बन्दीले भने,‘चिया खाँदा पनि चिनी लागेन भनेर भन्यो भने उल्टै हप्काउछ एक कैदीले भने तिमीहरुको ससुराली घर होरा रु भनेर थर्काउँछन ।
’रातको २ बजे पकाउने बिहान १० बजे खाने कैदीबन्दीहरुका अनुसार खाना रातको २ बजे बनाउँछन जुन खाना बिहानको १० बजे खुवाउने गरिन्छ । १० बजे खाना जुन सुकै सामान आलु, देखी लिएर मट्टीतेल, अदुवा, लसुन, जिरा, साबुन, ब्रस सम्पूर्ण सामान पुरा तौल पनि हुँदैन । चिसो भएर चिठरा बनि सकेका हुन्छन । दाल दाल भने आकाश देखिने चोकटा कत्ता हो भनेर खोजनु पर्छ । त्यहाँको क्याटिनमा पनि सिमित मूल्य छैन ।क्षमता भन्दा तिन गुणा बढी कैदीबन्दी जिल्ला कारागारको धुलिखेलमा क्षमता भन्दा तिन गुणा बढी कैदी बन्दीहरु रहेका छन् । साधुरो र जिर्ण अवस्थामा रहेको कारागारमा ६० जना कैदीवन्दी को क्षमता भएपनी भवन र ठाउको अभाव देखाउदै क्षमताभन्दा तिन गुना बढी कैदी वन्दी राखीएको छ ।
क्षमता त ६० जनाको हो तर ठाउको अभावमा साधुरो ठाउँ भएपनि एक सय ७३ जना बन्दीहरु राख्नु परेको जिल्ला कारागार शाखाका अधिकृत महेश कुमार पोखरेलले बताए ।६० जनाको क्षमता रहेको कैदीबन्दीमा २ सय ४५ जनासम्म छन । साघुरो र जिर्ण अवस्थामा रहेकाले खान, बस्न, शौचालय जान र आवश्यक सुविधा समेत दिन समेत कठिन हुने गरेको छ उनले भने ।’ कारागार तिनरोपनी आठ आना क्षेत्रफलमा रहेको छ । वरपरका पर्खालहरु जिर्ण हुदै गएका छन् । जिल्ला कारागार काभ्रेमा ६० जानको मात्र क्षमता छ भन्ने कुरा केन्द्रिय कारागार विभाग पनि अनविज्ञ छैन । तर आफै क्षमता भन्दा बढी बन्दी राख्न सिफारीस गर्ने गर्छ ।सुरक्षाको दृष्टिकोणले क्षमता भन्दा बढी कैदी बन्दी राख्नाले कारागार असुरक्षीत खतरनाक बद्दै जान्छ जसले व्यवस्थापनमा समेत कठीनाई भएपनी जसोतसो व्यवस्थापन गरिरहेको जिल्ला प्रहरी कार्यलयका प्रमुख सहकुदबहादुर थापाले बताए ।
‘हामी धेरै छौ खान, बस्न, सुत्न र शौचालय जान समस्या रहेको पिडीत बन्दी कैदीहरुको गुनासो छ ।‘क्षमता भन्दा बढि भएकाले होला खान,वस्न,सुत्न समस्या रहेको गुनासो गरे ।सरकारले कारगार कैदीमैत्री हुनुपर्ने व्यवस्था गरेपनि क्षमता भन्दा तेव्वर कैदी कारागार भित्र भएकाले बेला–बेलामा बन्दीहरु विच हुने झगडा कुटपीट र साधारण व्यवस्थापनमा समेत कारागारको लागी समस्या बन्दै गएको छ । प्रहरीले भने कारागार सुरक्षामा बिशेष सर्तकता अपनाएको दावी गर्दै आएको छ । हाल कारागार रहेको स्थानमा साढे ३ रोपनी मात्र जग्गा छ सोही ठाउमा बनाउनुपर्ने मन्त्रालयले बताएपनि कारागार शाखा भने बनेपा नगरपालीकामा रहेको गोसाई स्थानमा रहेको १२ रोपनी क्षेत्रफलमा बनाउनु पर्ने कारागार प्रमुख पोखरेल बताउछन् । तर कारागार मर्मत संभार कमीले जिर्ण अवस्थामा गुज्रिदै गएको छ । जिल्ला कारागारमा मानसिक सन्तुलन गुमेका,जवरजस्ती करणी, कर्तव्य ज्यान, चोरी डाका,ज्यान मार्ने उद्योग, सवारी ज्यान, सार्वजनीक मुदा, अपहरण तस्करी लगाएतका बन्दीहरु राखिएका छन् ।