Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

मेसीको गोलमा बार्सिलोनाको महत्वपूर्ण जित

Monday, March 5, 2018 National Power

२१ फागुन,काठमाण्डौ – उपाधिको दाबेदार एथ्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोनाले उपाधि यात्रा बलियो बनाएको छ। स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई १–० ले हराउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

बार्सिलोनालाई जिताउन लियोनल मेसीले निर्णायक गोल गरे। पहिलो हाफको २५ औं मिनेटमा मेसीले फ्रिकिकबाट सुन्दर गोल गरेका थिए । यो गोलसँगै मेस्सीले करियरको ६ सयौं गोल पुरा गरेका छन्। मेस्सीले ७४७ औं खेलमा ६ सय गोल पुरा भएको हो। यस्तै लिगमा उनले यो सिजन २४ गोल गरिसकेका छन् । क्याम्प नाउमा एथ्लेटिकोमाथि बल पोजिसनमा पकड जमाएको बार्सिलोनाले थप गोल गर्न सकेन। बार्सिलोनाविरुद्ध एथ्लेटिको पाएका केहि राम्रा गोलका अवसरलाई सदुपयोग गर्न सकेन।

यो जितसँगै बार्सिलोनाले लिगमा ८ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाले २७ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एथ्लेटिकोको ६१ अंकमै खुम्चिएको छ। लिगमा तेस्रो स्थानको रियल मड्रिडको ५४ अंक छ।