Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

मेसीको गोलमा बार्सिलोनाको महत्वपूर्ण जित

Monday, March 5, 2018 National Power

२१ फागुन,काठमाण्डौ – उपाधिको दाबेदार एथ्लेटिको मड्रिडलाई हराउँदै बार्सिलोनाले उपाधि यात्रा बलियो बनाएको छ। स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा लिग लिडर बार्सिलोनाले दोस्रो स्थानको एथ्लेटिको मड्रिडलाई १–० ले हराउँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको हो ।

बार्सिलोनालाई जिताउन लियोनल मेसीले निर्णायक गोल गरे। पहिलो हाफको २५ औं मिनेटमा मेसीले फ्रिकिकबाट सुन्दर गोल गरेका थिए । यो गोलसँगै मेस्सीले करियरको ६ सयौं गोल पुरा गरेका छन्। मेस्सीले ७४७ औं खेलमा ६ सय गोल पुरा भएको हो। यस्तै लिगमा उनले यो सिजन २४ गोल गरिसकेका छन् । क्याम्प नाउमा एथ्लेटिकोमाथि बल पोजिसनमा पकड जमाएको बार्सिलोनाले थप गोल गर्न सकेन। बार्सिलोनाविरुद्ध एथ्लेटिको पाएका केहि राम्रा गोलका अवसरलाई सदुपयोग गर्न सकेन।

यो जितसँगै बार्सिलोनाले लिगमा ८ अंकको अग्रता बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाले २७ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एथ्लेटिकोको ६१ अंकमै खुम्चिएको छ। लिगमा तेस्रो स्थानको रियल मड्रिडको ५४ अंक छ।