Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

ट्राफिक अपडेट

Monday, March 5, 2018 National Power

२१ फागुन, काठमाडौं –  ललितपुरको एकान्तकुना स्थित खड्का टोलको एक गाइगोठमा आज एक पुरुष मृत फेला परेका छन् । स्थानीय भाइराज खड्काको गोठमा आज बिहान साढे ८ बजे अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । मृतकको सनाखत भने हुन सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी परिसर ललिपतपुरले जनाएको छ ।

सिराहाको मिर्चैया नगरपालिका २ मल हनियाखोलीको आँप बगैचामा पनि आज बिहान पौने १० बजे अन्दाजी ४२ वर्षीय पुरुष मृत भेटिएका छ । मृतकको सनाखत हुन बाँकी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका ७ गेन्द्री खोलाको किनारमा आज एक महिला मृत्त अवस्थामा फेला परेकी छिन् । स्थानिय शिसौलीकी ४५ बर्षिया शन्त्ति कुमारी तामाङ मृत्त फेला परेको बताईको छ । आज बिहान साढे ९ बजे खोला किनारमा मृत्त फेला परेकी तामाङगको शव लाई पोष्टमार्टका लागि जिल्ला अस्पताल मोरङ पठाईएको छ । घटनाका सम्बन्धमा ईलाकामा प्रहरी कार्यालय उर्लाबारी मोरङले अनुसन्धान गरीरहेको छ । त्यस्तै बाराको बारागढि गाउपालिका ३ श्रीपुरा टोलमा एक जना मृत फेला परेका छन् । कलैया उपमहानगरपालिका २ घर भएका ६५ वर्षिय धिरज आचार्य आज दिउसो पौने २ बजे मृत फेला परेका हुन् ।

ललितपुरको लुभुमा खेतमा लडिरहेको अवस्थामा फेला परेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । स्थानिय ३६ वर्षिया कल्पना लिम्बुको मृत्यु भएको हो । आज दिउँसो १ बजे घर नजिकैको खेतमा लडिरहेकी लिम्बुलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रभाग लुभुले जनाएको छ ।

चितवनको खैरहनी नगरपालिका १० मा आज करेण्ट सर्ट भई आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका १० मा निमार्णाधीन अवस्थामा रहेको सडकमा बालुवा अनलोड गर्दा अचानक बिजुलीको तारमा टिप्परले छुन जाँदा आगालगी भएको थियो । आगलागीमा परि टिप्पर चालक साजन माझी जलेर गम्भिर घाईते भएका थिए । घाईते उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।