Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

ट्राफिक अपडेट

Sunday, March 4, 2018 National Power

२० फागुन,नुवाकोट – ललितपुरको एकान्तकुना स्थित खड्का टोलको एक गाइगोठमा आज एक पुरुष मृत फेला परेका छन् । स्थानीय भाइराज खड्काको गोठमा आज विहान साढे ८ बजे अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् । मृतकको सनाखत भने हुन सकेको छैन । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी परिसर ललिपतपुरले जनाएको छ । उता सिराहाको मिर्चैया नगरपालिका २ मल हनियाखोलीको आँप बगैचामा पनि आज विहान पौने १० बजे अन्दाजी ४२ वर्षीय पुरुष मृत भेटिएका छ । मृतकको सनाखत हुन बाँकी रहेको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको सिराहा प्रहरीले जनाएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका ७ गेन्द्री खोलाको किनारमा आज एक महिला मृत्त अवस्थामा फेला परेकी छिन् । स्थानिय शिसौलीकी ४५ बर्षिया शन्त्ति कुमारी तामाङ मृत्त फेला परेको बताईको छ । आज बिहान साढे ९ बजे खोला किनारमा मृत्त फेला परेकी तामाङगको शव लाई पोष्टमार्टका लागि जिल्ला अस्पताल मोरङ पठाईएको छ । घटनाका सम्बन्धमा ईलाकामा प्रहरी कार्यालय उर्लाबारी मोरङले अनुसन्धान गरीरहेको छ । त्यस्तै बाराको बारागढि गाउपालिका ३ श्रीपुरा टोलमा एक जना मृत फेला परेका छन् । कलैया उपमहानगरपालिका २ घर भएका ६५ वर्षिय धिरज आचार्य आज दिउसो पौने २ वजे मृत फेला परेका हुन् ।

ललितपुरको लुभुमा खेतमा लडिरहेको अबस्थामा फेला परेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । स्थानिय ३६ वर्षिया कल्पना लिम्बुको मृत्यु भएको हो । आज दिउसो १ वजे घर नजिकैको खेतमा लडिरहेकी लिम्बुलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रभाग लुभुले जनाएको छ ।

चितवनको खैरहनी नगरपालिका १० मा आज करेण्ट सर्ट भई आगलागी हुदा जलेर एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका १० मा निमार्णाधीन अबस्थामा रहेको सडकमा टिफरबाट बालुवा अनलोड गर्दा अचानक बिजुलीको तारमा टिफरले छुन जादा आगालगी भएको थियो । आगलागीमा परि टिफर चालक साजन माझी जलेर गम्भिर घाईते भएका थिए । घाईते उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।

उदयपुरको बेलका नगरपालिका १ बगाहा टोलमा आज आफ्नै घर नजिक पानि जमेको खाल्डोमा डुबेर एक वालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय कृष्ण बास्तोलाको छोरी १७ महिनाकी झरना बास्तोला रहेकी छिन् । आज मध्यान्न १२ बजे आगनमा खेल्दै गरेकी वालिका कलधारा नजिकै पानि जमेको खाल्डोमा डुबेर अशक्त भएकी थिईन् । अशक्त वालिकाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानिय प्रहरीले जानकारी दिएको छ ।

लमजुङ्गको बेसीशहर नगरपलिका ८ दुलालटोलमा घरको १ तलामाथीबाट लडेर एक वालीका गम्भिर घाईते भएकी छिन् । आज दिउँसो पौने २ बजे स्थानिय सुर्य बहादुर तामाङ्गको घरमा डेरा गरी बस्ने सुवास बि। क। की छोरी ४ बर्षिया सुप्रिया बि। क घरको एक तलामाथीबाट लडेर घाईते भएकी हुन् । घाईते वालिकालाई उपचारका लागि जिल्ला सामुदायिक अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय लमजुङ्गले जानकारी दिएको छ ।