२० फागुन,नुवाकोट – १ सय १६ वर्षिया बाटुली लामिछानेलाई एक कार्यक्रमका विच अभिनन्दन गरिएको छ । नुवाकोट जिल्लाको ककनी गाउँपालीका वडा नम्बर ८ छापथोक गाउमा बस्ने लामिछानेलाई नेशनलपावर न्युज डट कम, जेष्ठ नागरिक कोष, मेघा अस्पताल, नेशनल प्रेस क्लव, मानव कल्याण संघ, नेपाल थाई बाक्सीङ,सनसाईन स्माईल किन्नर गार्डेनले सयुक्त रुपमा अभिनन्दन गरेका छन् । लामिछानेको घरमै पुगेर सम्मान स्वरुप अभिनन्दन पत्र दोसल्लाका साथै लत्ताकपडा, फलफुल र केहि नगद समेत प्रदान गरिएको छ । अभिनन्दन पत्रमा बाटुली लामिछानेको सु – स्वास्थ्य र दिर्घायुको लागि कामना गरिएको छ ।
अभिनन्दन कार्यक्रममा मेघा अस्पतालका प्रमुख किशोर जंग राणाले यति लामो उमेर सम्म बाँच्नु भनेको नेपाली हरुले गर्व गर्नु पर्ने विषय हो,। उहाँ एउटा लामिछाने परिवारको मात्रै आमा नभएर सम्पुर्ण नेपालीको आमा हुन् उहाँको आर्शिवाद थाप्न भनेर मात्रै म उहाँको चरणमा पुगेको बताए । गाउँको स्वच्छ हावापानी र रहन सहनका कारण उहाले यतिलामो समय सम्म बाँचिरहनुभएको बताए । साथै अव उप्रान्त भवितव्यमा लामिछानेको निःशुल्क उपचारको सम्पुर्ण जिम्मेवारी मेघा अस्पतालको भएको र जुनसुकै बेला अप्ठ्यारो पर्ने वित्तिकै मेघालाई सम्झिनलाई समेत आग्रह गरे । सामान्य उपचार देखि जटिल प्रकारको शल्यक्रिया गर्नु परे पनि अस्पताल सदैव तयार रहेको राणले बताए । यति लामो समय सम्म स्याहार शुसार गर्ने लामिछाने परिवारका अन्य सदस्यहरुलाई पनि धन्यबाद दिनुका साथै उनिहरुलाई अस्पतालले उपचारमा पचास प्रतिशत छुट गर्ने प्रतिवद्धता समेत उनले गरेका छन् ।
त्यस्तै जेष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले जेष्ठ नागरिक कोष सदैव जेष्ठ नागरिकको हक हित र संरक्षणको लागि लाग्ने गरेको र बृद्धभत्ता लगायत जेष्ठ नागरिकले पाउने सेवा सुविधाहरुको लागि पहल गर्दै आईरहेको र एक सय वर्ष भन्दा माथिका लाई बृद्ध भत्ता बृद्धि गर्न आवाज उठाईरहेको बताए । साथै राष्ट्रिय जेष्ठ नागरिक कोषको तर्फबाट यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
मानव कल्याण संघका संरक्षक शिवतान्त्रिक गुरुले हामी ६० वर्ष सम्म बाँच्न पनि धौ–धौ परिरहेको हुन्छ तर उहाँले ११६ वर्ष पार गर्दै हुनुहुन्छ साँच्चिकै आफुले भगवाननै भेटेको जस्तो लागिरहेको बताए । चलचित्र निर्देशक माधव राज खरेलले सञ्चार माध्यममा भ्रमको खेती गरेर खानेहरुले यथार्थता बुझेर मात्रै बोल्ने गरौँ एक पटक बाटुली आमा काहाँ पुगेर हेरौँ भन्दै कैयौँ सञ्चार माध्यमहरुले बाटुली आमाको सन्तान नभएको, सिन्धुपाल्चोक घर भएको लगायत अनेकन झुटको खेती गरिरहेको प्रति कटाक्ष गर्दै यस्ता कार्यलाई रोक्न आग्रह समेत गरेका छन् । अभिनन्दन कार्यक्रममा सनसाईन स्माईल किन्नर गार्डेनका प्रमुख बद्रि दुलाल, नेशनल पावर न्युज डटकमका प्रतिनिधि राजन थापा , पावर न्युज म्यागेजिनका सम्पादक कमला जोशी लगायतकाको सहभागीता रहेको थियो ।
- कमाला जोशी सम्पादक, पावर न्यूज राष्ट्रिय मासिक