Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जाजरकोटमा भारी मात्रामा हतियार बरामद, २ जना पक्राउ

Friday, March 2, 2018 National Power

१८ फागुन, जाजरकोट – जाजरकोट प्रहरीले भारी मात्रामा हतियार बरामद गरेको छ । जुनिचाँदे गाउँपालिका-११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरबाट बन्दुक, गोलीलगायतका हतियारहरु बरामद भएको हो । बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने सिसाको गोली, बाह्रबोर बन्दुकमा प्रयोग हुने ७ थान खोका लगायतका हातहतियार बरामद भएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिए ।

अनुसन्धानका लागि चन्द्रबहादुर शाही र नेत्र शाहीलाई नियन्त्रणमा लिइएको छ । उनीहरू बाबु-छोरा हुन् । उनीहरुमाथि अनुसन्धान जारी छ ।प्रमुख जिल्ला अधिकारी शाहीले  भने, ‘यी हतियार माओवादी जनयुद्धकालका भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले विस्तृत अनुसन्धान गर्दैछ ।’

जाजरकोटमा यसअघि पनि पटक-पटक ठूलो परिमाणमा हतियारहरु बरामद हुँदै आएको छ । स्थानीय चुनावताका पनि खलंगा-८ पिपेस्थित रानीवनमा लुकाइराखेको हतियार बरामद भएको थियो ।