Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

लखपती माग्नेको कार्यशाला

Thursday, March 1, 2018 National Power

नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र लखपति माग्नेको कार्यशाला शुरु गरिएको छ । आफ्नै कार्यालय बागवजारमा यतिखेर लखपति माग्नेको कार्यशाला चलिरहेको छ ।

नयाँ एवं पुराना कलाकार÷प्राविधीक समेटेर लखपति माग्ने निर्माण गरिदैछ । चलचित्रमा विष्णु अर्याल, सोनीका साही, कमलमणी नेपाल, निरु खड्का, कुमार गजुरेल, सुनील जंग रायमाभःी, मोहन चाम्लीङ, अपेसा खड्का, आमकृष्ण भण्डारी, सविन कटुवाल, विष्णु कोइराला, सुरज प्रधान, जय जगदिश उपाध्याय, खिमेन्द्र जैशी, पवन केसी, किरण ढकाल, अविनाश ढकाल लगायतका कलाकार रहनेछन् । ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको व्यानरमा चलचित्र लखपति माग्ने निर्माण हुँदैछ ।
चलचित्र छायांकार रामेश्वर हुमागाई हुन भने भेषभूषा लोक बहादुर बुढागथोकी एवं श्रृंगार निर्मला भण्डारीको रहनेछ । चलचित्रमा सन्तोष श्रेष्ठ, दीपक शर्मा एवं विशाल घोषको संगीत, शान्तिप्रिय र विशाल घोषको गीत रहनेछ । चलचित्र चैत्र ६बाट छायांकनमा जाने निर्देशक सवनम मुखियाले वताएकी छिन् । लखपति माग्नेमा अभिनेताका रुपमा विष्णु अर्याल तथा अभिनेत्रीका रुपमा सोनीका शाही एवं अपेसा खड्काले डेव्यू गर्दैछन् ।