Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

लखपती माग्नेको कार्यशाला

Thursday, March 1, 2018 National Power

नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र लखपति माग्नेको कार्यशाला शुरु गरिएको छ । आफ्नै कार्यालय बागवजारमा यतिखेर लखपति माग्नेको कार्यशाला चलिरहेको छ ।

नयाँ एवं पुराना कलाकार÷प्राविधीक समेटेर लखपति माग्ने निर्माण गरिदैछ । चलचित्रमा विष्णु अर्याल, सोनीका साही, कमलमणी नेपाल, निरु खड्का, कुमार गजुरेल, सुनील जंग रायमाभःी, मोहन चाम्लीङ, अपेसा खड्का, आमकृष्ण भण्डारी, सविन कटुवाल, विष्णु कोइराला, सुरज प्रधान, जय जगदिश उपाध्याय, खिमेन्द्र जैशी, पवन केसी, किरण ढकाल, अविनाश ढकाल लगायतका कलाकार रहनेछन् । ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको व्यानरमा चलचित्र लखपति माग्ने निर्माण हुँदैछ ।
चलचित्र छायांकार रामेश्वर हुमागाई हुन भने भेषभूषा लोक बहादुर बुढागथोकी एवं श्रृंगार निर्मला भण्डारीको रहनेछ । चलचित्रमा सन्तोष श्रेष्ठ, दीपक शर्मा एवं विशाल घोषको संगीत, शान्तिप्रिय र विशाल घोषको गीत रहनेछ । चलचित्र चैत्र ६बाट छायांकनमा जाने निर्देशक सवनम मुखियाले वताएकी छिन् । लखपति माग्नेमा अभिनेताका रुपमा विष्णु अर्याल तथा अभिनेत्रीका रुपमा सोनीका शाही एवं अपेसा खड्काले डेव्यू गर्दैछन् ।