Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नेयमारको खुट्टाको अपरेशन सफल

Thursday, March 1, 2018 National Power

१७ फागुन, काठमाडौं – पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेइमारको खुट्टाको सर्जरी भएको छ । यससँगै उनले आगामी मंगलबार हुने रियल मड्रिडविरुद्धको खेल गुमाउनेछन् । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा ३(१ को जित निकालेको रियल मड्रिडले पीएसजीको होममा खेल्न बाँकी छ ।

आइतबार लिग वानमा मार्सेलिएविरुद्धको खेलका क्रममा नेयमारको खुट्टाको जोर्नी फ्याक्चर भएको थियो । पीएसजीका प्रशिक्षकले नेयमार मंगलबार खेल्न सक्ने झिनो सम्भावना रहेको बताएका छन् । तर, नेयमारका बाबुले उनी ६ देखि ८ हप्ता मैदानबाट बाहिर रहने बताएका छन् ।

लिग वानमा पीएसजी १४ अंकले अगाडि छ । तर, नेयमारको अनुपस्थितिले च्याम्पियन्स लिगमा गाह्रो बनाउन सक्छ ।