Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले दिए १५ लाख

Friday, March 30, 2018 National Power

१६ चैत काठमाडौं – गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले १५ लाख रुपैया प्रदान गरेका छन् । भोजपुर दिल्पा नागीँ जन्म भइ हाल ललितपुर मानभवन बस्ने गीतकार सङ्घ नेपालका आजीवन सदस्य कवि तथा गीतकार अमर बान्तुले उक्त रकम शुक्रबार हस्तान्तरण गरेका हुन । अमर बान्तु (अमर सिहं राई) ले गीतकार सङ्घ नेपालको कार्यालय, विजुलीवजार काठमाडौंमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष चूडामणि देवकोटालाई उक्त रकमको चेक हस्तारन्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरिष्ठ कवि तथा गीतकार पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्वजनिक जीवनमा रहँदा धेरै राम्रा नराम्रा कार्यमा साक्षी बसियो होला तर यस्तो पूण्य कार्यमा साक्षी बस्न पाउनु पनि ठूलो सौभाग्य हो भने । अमर बान्तु मन र धन भएका अत्यन्त भावूक स्रष्टा हुनुहुन्छ र उहाँको यो दानले गीतकार सङ्घ नेपालको आर्थिक स्वास्थ्य बलियो बन्ने र सङ्घले दीर्घ जीवन पाउने छ भने ।
सङ्घका अध्यक्षलाई चेक हस्तारन्तरण गर्दै दाता अमर बान्तुले सम्पूर्ण गीतकारहरुको साझा संस्था गीतकार सङ्घ नेपालको निरन्तरताको कामना गर्दै आफूले दान गरेको रकमबाट स्रष्टाहरुलाई गीत लेखनमा प्रोत्साहन मिल्ने आशा व्यक्त गरे ।  सङ्घमा अध्यक्ष चूडामणि देवकोटाले आफ्नो मन्तव्य दिदैँ स्रष्टाहरुले लिन भन्दा दिन जान्छन् भने । उनले स्रष्टाले गीत सङ्गीतको माध्यमबाट जनतालाई मनोरञ्जन र चेतना मात्र बाँड्दैनन्, आफूजस्तै स्रष्टाहरुको हकहीत संरक्षण गर्दै नेपाली गीत सङ्गीत र वाङ्मयको विकाशमा समर्पित संस्थालाई बचाउन पनि त्याग गर्न जानेका छन् भन्दै महाकवि देवकोटाको कविताको पङ्क्ति ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ; आफू मिटाई अरुलाई दिन जहाँ छ’ भन्ने उक्ति आज अमर बान्तुले चरितार्थ गर्नुभएको बताए ।
कार्यक्रममा गीतकार सङ्घ नेपालका उपाध्यक्ष भरत बमजन, महासचिव शुभ मुकारुङ, सचिव बसन्त वित्यासि थापा तथा कार्य समितिका सदस्यहरु बालक गुरुङ, दिलेन्द्र मुकारुङ, अमृतलाल सुनार, दाता गीतकारका धर्मपत्नी भावाना राई, प्राज्ञ शान्तिराम राई, प्रस्तोता समाजका सचिव भीषण मुकारुङ, निवर्तमान सचिव राम भट्टराईलगायतका व्यक्तित्वहरुकोे उपस्थिति रहेको थियो । गीतकार वान्तुका हालै मात्र ‘अमर भावना’ नामक एल्बम तथा ‘परिभाषाका राटाँहरु’ नामक कबिता तथा गीती पुस्तक विमोचन भएको थियो ।