Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले दिए १५ लाख

Friday, March 30, 2018 National Power

१६ चैत काठमाडौं – गीतकार सङ्घको अक्षयकोषका लागि अमर बान्तुले १५ लाख रुपैया प्रदान गरेका छन् । भोजपुर दिल्पा नागीँ जन्म भइ हाल ललितपुर मानभवन बस्ने गीतकार सङ्घ नेपालका आजीवन सदस्य कवि तथा गीतकार अमर बान्तुले उक्त रकम शुक्रबार हस्तान्तरण गरेका हुन । अमर बान्तु (अमर सिहं राई) ले गीतकार सङ्घ नेपालको कार्यालय, विजुलीवजार काठमाडौंमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष चूडामणि देवकोटालाई उक्त रकमको चेक हस्तारन्तरण गरेका थिए ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बरिष्ठ कवि तथा गीतकार पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्वजनिक जीवनमा रहँदा धेरै राम्रा नराम्रा कार्यमा साक्षी बसियो होला तर यस्तो पूण्य कार्यमा साक्षी बस्न पाउनु पनि ठूलो सौभाग्य हो भने । अमर बान्तु मन र धन भएका अत्यन्त भावूक स्रष्टा हुनुहुन्छ र उहाँको यो दानले गीतकार सङ्घ नेपालको आर्थिक स्वास्थ्य बलियो बन्ने र सङ्घले दीर्घ जीवन पाउने छ भने ।
सङ्घका अध्यक्षलाई चेक हस्तारन्तरण गर्दै दाता अमर बान्तुले सम्पूर्ण गीतकारहरुको साझा संस्था गीतकार सङ्घ नेपालको निरन्तरताको कामना गर्दै आफूले दान गरेको रकमबाट स्रष्टाहरुलाई गीत लेखनमा प्रोत्साहन मिल्ने आशा व्यक्त गरे ।  सङ्घमा अध्यक्ष चूडामणि देवकोटाले आफ्नो मन्तव्य दिदैँ स्रष्टाहरुले लिन भन्दा दिन जान्छन् भने । उनले स्रष्टाले गीत सङ्गीतको माध्यमबाट जनतालाई मनोरञ्जन र चेतना मात्र बाँड्दैनन्, आफूजस्तै स्रष्टाहरुको हकहीत संरक्षण गर्दै नेपाली गीत सङ्गीत र वाङ्मयको विकाशमा समर्पित संस्थालाई बचाउन पनि त्याग गर्न जानेका छन् भन्दै महाकवि देवकोटाको कविताको पङ्क्ति ‘खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ; आफू मिटाई अरुलाई दिन जहाँ छ’ भन्ने उक्ति आज अमर बान्तुले चरितार्थ गर्नुभएको बताए ।
कार्यक्रममा गीतकार सङ्घ नेपालका उपाध्यक्ष भरत बमजन, महासचिव शुभ मुकारुङ, सचिव बसन्त वित्यासि थापा तथा कार्य समितिका सदस्यहरु बालक गुरुङ, दिलेन्द्र मुकारुङ, अमृतलाल सुनार, दाता गीतकारका धर्मपत्नी भावाना राई, प्राज्ञ शान्तिराम राई, प्रस्तोता समाजका सचिव भीषण मुकारुङ, निवर्तमान सचिव राम भट्टराईलगायतका व्यक्तित्वहरुकोे उपस्थिति रहेको थियो । गीतकार वान्तुका हालै मात्र ‘अमर भावना’ नामक एल्बम तथा ‘परिभाषाका राटाँहरु’ नामक कबिता तथा गीती पुस्तक विमोचन भएको थियो ।