Friday 26th April 2024

    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण    नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक    यूएईमा राष्ट्रिय लोक सांस्कृतिक संघको साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न

ट्राफिक अपडेट

Wednesday, February 28, 2018 National Power

१६ फागुन, काठमाडौं –  उपत्यका स्थित बल्खु, कलंकी, सातदोबाटो, कोटेश्वर हुदै संचालन हुने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । बल्खु बाट परिक्षा नियन्त्रण कार्यालय जाने मुख्य सडकमा सडक विस्तारको लागी पुरानो कालोपत्रे हटाउने कार्य भैरहेको र सडकको एक ट्याक भासिएको कारण बल्खु क्षेत्रमा सवारी चापको अवस्था रहेको हो । यस्तै कलंकी सडकपनि विस्तारको क्रममा रहेकाले थानकोट, खसीबजार र मकालु हुदै कलंकी आउने र जाने सवारी साधन पनि चापमा चलिरहेका छन् । जडिबुटीबाट कोेटेश्वर आउने सवारी साधनको चाप लोकनथली पुगेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । यता सोह््रखुट्टे, लैनचौर, थापाथली, कुपण्डोल, लोत्सेचोक, पुतलीसडक, त्रिपुरेश्वर, टेकु, टंकेश्वर र कालीमाटी हुदै संचालन हुने सवारी साधन पनि चापमै चलिरहेका छन् । चाप रहेको स्थानहरुमा ट्राफिक व्यवस्थापनको कार्य भैरहेको छ । विभिन्न नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधन भने सामान्य तवरलेनै संचालन भैरहेका छन् ।

होली पर्वलाई सवारी दुर्घटना रहित बनाउने उद्देश्यले ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानमा विशेष सुरक्षा चेकिङको योजना बनाएको छ । नियमित ड्युटी बाहेक करिब १ सय भन्दा बढी स्थानमा सुरक्षा चेक पोइन्ट राखिने छ । विहान ६ देखि साँझ ६ बजे सम्म सुरक्षा चेकपोइन्ट रहने महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले जानकारी दिनु भएको छ । होली पर्व मनाउने नाममा हेल्मेट नलगाई मोटरसाईकल चलाउने, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, तिब्र गतीमा सवारी साधन चलाउने, मदिरा पिएर सवारी साधन चलाउने, पैदलयात्रीलाई सवारी साधनमा बसेर जबरजस्ती लोला हान्ने तथा रङ फाल्ने, हो–हल्ला गर्ने र लापरवारीका साथ सवारी साधन चलाउने जस्ता कार्य गरेमा ट्राफिक प्रहरीले सवारी साधननै नियन्त्रणमा लिनेछ । यसरी नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक प्रक्रिया पछी मात्रै छोडिने पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मरासिनीले बताउनु भएको छ । यसैबिच महानगरिय प्रहरीले पनि होली पर्वलाई मर्यादित तवरले मनाउनको लागी सबैमा अनुरोध गरेको छ । उपत्यका स्थित तीनै वटा जिल्लाको शान्ति सुरक्षा कायम राख्न विभिन्न स्थानमा पिकेट डियुटीको व्यवस्थापन पनि गरिएको छ ।

चितवनको राप्ती नगरपालीका २ गडौलीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । स्थानिय ७० बर्षीया पार्वती बर्तौलाको मृत्यु भएको हो । आज बिहान पौने ९ बजे, नेपालगंजबाट बिराटनगर तर्फ चामल लिएर जादै गरेको ना६ख २१ ७४ नम्बरको ट्रकको ठक्करबाट गम्भिर घाईते भएकी उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका ५ मा आज मोटरसाइकल पल्टिदा पछाडी सवार १ महिलाको मृत्यु भएको छ । मोटरसाईकलबाट लडेर गम्भिर घाईते भएकी सर्लाही कै हरिपुर्वा नगरपालिका ३ धनकौलकी ५५ वर्षीया जमिला खातुनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । आज विहान पौने ९ बजे ज ९ प ७० २५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकमै पल्टिएको थियो । दुर्घटनामा चालक भने सकुशल रहेका छन् । चालक खातुनका छोरा रहेको बुझिन आएको छ ।