Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चलचित्र कोईलाको गीत रिलिज

Tuesday, February 27, 2018 National Power

काठमाण्डौ  – प्रज्वल गिरी र सोनिया गिरी गहिरो माया मा परेका छन् । उनिहरु आफ्नो मायाको बयान गर्दै हिड्न थालेका छन् , सन्दर्भ हो चलचित्र कोईलाको गितको ।


निर्माता बिजे शर्मा द्धारा निर्मित नेपाली चलचत्रि कोईलाको गित आज रिलिज भएको छ जस्मा चलचत्रिका नायक प्रल्वल गिरी र सोनिया गिरी एक अर्कामा मायामा परेर आफ्नो मायाको बयान गर्दै छन् । कोईला आरोहि फिल्मस्को ब्यानमा आरोहि गिरीको प्रस्तुतिमा निर्माण भएको चलचित्र हो । चलचित्रमा नायक प्रज्वल गिरी, सोनिया गिरी, ममता खड्का, ध्रुब कोईराला, किरण थापा, कालु राणा, देब नेपाल,रामचन्द्र अधिकारी, सुरज पराजुली, दिपेन्द्र कोईराला, पुजा रिजाल, रमन बिन्दास्, अभिषेक गिरी लगायतका कालाकारहरु मुख्य भुमिकामा रहेका छन् ।

चलचित्रलाई गजेन्द्र रञ्जितले निर्देशन गरेका हुन् । मदन कस्यप घिमिरेको छायांकन रहेका चलचित्र सुकुम्बासी बस्तिको कथा ब्यथालाई समाबेस गरिएको निर्माण पक्षले जानकारी गराएका छन् । आज बुढासुब्बा म्यूजिक बाट सार्वजनिक गरिएको यो माया यो माया बोलको गितमा नायक प्रज्वल गिरी र सोनिया गिरीका रोमान्स देख्न सकिन्छ । उक्त गितमा ओम सुनारको संगीत, ओम सुनार र माण्डवि त्रिपाठिको आवाज रहेको छ भने गितलाई संकर बिसील कोरीयोग्राफि गरेका छन् ।

बैशाख २१ मा दर्शक माझ आउने भएको चलचित्रको कथा सुदिप आत्रेयले लेखेका हुन चलचत्रि सम्पुर्ण दर्शकहरुले मन पराउने मा ढुक्क रहेको बताउछन् निर्माता बिजे शर्मा र भन्छन् चलचित्र राम्रो र उत्कृष्ट बनाउन कुनै पनि कसर बाकि राखेको छैनौ । चलचित्रमा द्धन्द निर्देशन गरेका छन् अहिलेका ब्यस्त द्धन्द निर्देशक श्री श्रेष्ठले,चलचित्रको मुख्य सहायक निर्देशन नवराज शर्माले गरेका छन् भने चलचित्रको कार्यकारी निर्माता श्रीकृष्ण गिरी हुन् ।