Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्राफिक अपडेट

Tuesday, February 27, 2018 National Power

१५ फागुन, काठमाडौं –  उपत्यका स्थित कोटेश्वर, जडिबुटी, लोकनथली, एकान्तकुना, कलंकी, चावहिल, मित्रपार्क र गौशाला हुदै संचालन हुने सवारी साधन यतिबेला चापमा चलिरहेका छन् । कोटेश्वरको क्यु लोकनथली सम्म रहेको छ भने कलंकीको क्यु नैकाप क्रस भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । यस्तै नख्खु–भनीमण्डल सडकखण्ड बन्द भएका कारण भैसेपाटीबाट नख्खु तर्फ आउने सवारी साधन एकान्तकुना हुदै संचालन भैरहेकाले एकान्तकुना–सानेपा–सातदोबाटो क्षेत्रमा पनि सवारी साधन पनि चापमै चलिरहेका छन् ।

यता पुरानोबानेश्वर–मैतिदेवी, सोह््रखुट्टे, लैनचौर, केशरमहल, थापाथली, माइतीघर, बानेश्वर हुदै चल्ने सवारी साधन पनि चापमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । सवारी चाप रहेको स्थानमा ट्राफिक व्यवस्थापनको कार्य भैरहेको छ । नाकाहरुको सवारी आवागमन भने सामान्य रहेको छ ।

कास्कीको पोखरा लेखनाथ महानगरपालीका ३० पावर हाउस नजिकै आज ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ना२ख ३६ ६९ नम्बरको ट्रकको ठक्करबाट गम्भिर घाईते भएका रुकुम घर भई हाल पोखरा ३२ खुदीखोला बस्दै आएका ३६ बर्षीय जित बहादुर पुनको उपचारको क्रममा पश्चिम क्षेत्रिय अस्पताल पोखरामा बिहान पौने १० बजे, मृत्यु भएको हो । बिहान सवा ९ बजे, भएकोदुर्घटनामा संलग्न ट्रक चालकलाई सवारी साधन सहित ईलाका प्रहरी कार्यालय शिशुवाले नियन्त्रणमा लिएको छ ।

काठमाडौको कोटेश्वरमा आज मोटरसाइकल दुर्घटनामा परि चालक घाईते भएका छन् । भक्तपुर बस्ने झापाका २५ बर्षीय संजय भट्टराई घाईते भएका हुन् । उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ । आज बिहान पौने ४ बजे, बा५५प ७३ ५२ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई पल्टेको महानगरिय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

काठमाडौं स्वयम्भुमा पनि आज माईक्रो बसको ठक्करबाट पैदलयात्री घाईते भएका छन् । बा१ज ९९ ६० नम्बरको माईक्रोबसको ठक्करबाट काठमाडौं ठुलो भ¥याङ बस्ने रामेछापकी ४५ बर्षीया सरिता थापा घाईते भएकी हुन् । उनको साईबाबा अस्पताल बालाजुमा उपचार भैरहेको छ । आज बिहान पौने ८ बजे, भएको सवारी दुर्घटनामा संल्गन चालकलाई सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।