Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

दोस्रो पटक मन्त्रिपरिषदको विस्तार

Monday, February 26, 2018 National Power

१४ फागुन , काठमाडौं– गत फागुन ३ गते प्रधानमन्त्री चयन भएका ओलीले ११ दिनपछि सोमबार माओवादीका दुई र एमालेका दुई गरी चार जनालाई समावेश गरेर  गरेका हुन् । योसँगै केपी ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ ।

विस्तारित मन्त्रिपरिषदमा एमालेका ईश्वर पोखरेल र डा.युवराज खतिवडा छन् भने माओवादीबाट रामबहादुर थापा र मात्रिका यादव छन् ।
थपिएका चारैजनाले सोमबारै राष्ट्रपति कार्यलय शीतलनिवासमा सपथ लिएका छन् ।

सोमबार एमालेबाट थपिएकामध्ये पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने अर्थशास्त्री तथा पूर्व गर्भनर डा।युवराज खतिवडा अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै माओवादीबाट सोमबार मन्त्री बनेका माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापाले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
थापा यसअघि २०६५ सालमा प्रचण्ड सरकारमा रक्षामन्त्री भएका थिए ।

माओवादीकै मातृका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका रुपमा ओली सरकारमा सामेल भएका छन् ।यसअघि एमालेका लालबाबु पण्डित र थममाया थापाले क्रमश: वाताबरण र महिला मन्त्रालयको जिम्मेवारी पाएका थिए ।