Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

शुशिलाले जन्मदिनको अबसरमा लिएर आईन “सानीलाई”

Monday, February 26, 2018 National Power

काठमाडौं –  पछिल्लो समय एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पूर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी गायिका शुशिला पाठकले आफ्ना दर्शक श्रोताहरुको लागि भनेर आफ्नो जन्मदिनको अबसरमा निकैनै उत्कृष्ट गीतको म्युजिक भिडियो सार्बजानिक गरेकी छिन ।

छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिला पाठकले सांगीतिक जन्मदिन मनाएकी हुन् ।

अहिले आफुलाई सांगीतिक क्षेत्रमा अब्बल गायिका बनाउने दौडमा रहेकी गायिकाले जन्मदिनको अवसर पारेर आफ्ना फ्यान फलोअर्स र शुभेच्छुकका लागि उपहार भन्दै आफ्नै स्वर तथा अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

समाजका विभिन्न बरिष्ट व्यक्तित्वहरु, संगीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरु लगायत परिवार र नजिकका साथीभाईहरुको उपस्थितिमा गायिका शुशिलाले केक पनि काटेकी थिइन् । शुशिलालाई उनका गुरु तथा बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

आधुनिक डान्सिङ बिटको ‘सानी’लाई बोलको गीतको प्रिमीयर सो गरेपश्चात पाठकले आफुलाई यो गीतले अघि बढ्नमा निकै सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् । आफुलाई छोटो समयमा नै स्थापित हुनलाई सहयोग गर्ने सम्पूर्ण फ्यान फलोअर्स र शुभेच्छुकका लागि आफु सदैव ऋणी रहेको सदैव यस्तै मायाको अपेक्षा गरेको उनले बताइन् ।

कुमार शिवाकोटीको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा गायिका आफैले कम्मर मर्काएकी छिन् । बिशाल पौडेलेले एरेन्ज गरेको गीतमा सुम्निमा, राज र मिलनको कोरियोग्राफी रहेको छ । सचिन थापाले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।