Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

ग्रीजमानको ह्याट्रिकसँगै बार्सामाथि एथ्लेटिकोको दबाब कायम

Monday, February 26, 2018 National Power

१४ फागुन, काठमाडौं – लण्डन – एन्टानियो ग्रीजमानको ह्याट्रिकको मद्दतले सेभियालाई पराजित गर्दै एथ्लेटिको म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी सात अंकमा झारेको छ । एथ्लेटिकोले खेलको २९ औँ मिनेटमा डिएगो कोस्टाको गोलको मद्दतले अग्रता लिएको थियो भने पहिलो हाफ सकिन लाग्दा ग्रीजमानले अग्रता दोब्बर बनाए ।

चेल्सीबाट फर्के यता स्पेनका फरवार्डले पाँच गोल गरिसकेका छन् । दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै ग्रीजमानले एथ्लेटिकोको अग्रता फराकिलो बनाए । खेलको ६५ औँ मिनेटमा कोकेले एथ्लेटिकोका लागि चौँथो गोल गरे भने ८१ औँ मिनेटमा ग्रीजमानले आफ्नो ह्याट्रिक पूरा गरे ।

खेलको अन्त्यतिर ५ मिनेटको अन्तरालमा पाबलो साराबिया र नोलिटोले गोल गरे पनि सेभियाका लागि त्यो सान्तवना गोलमात्र बन्न पुग्यो ।आगामी आइतबार बार्सिलोनाले एथ्लेटिकोको आतिथ्य गर्नेछ । यसअघि भ्यालेन्सियाले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै चौँथो स्थानमा कायम रहेको छ । भिल्लेरियालले भने गेटाफेलाई १–० ले हराउँदै सेभियालाई उछिनेर लिगको पाँचौ स्थानमा कायम रहेको छ । अन्य खेलमा एथ्लेटिक बिल्बाओले मालामामाथि २–१ को जीत हासिल गर्यो ।