Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

ग्रीजमानको ह्याट्रिकसँगै बार्सामाथि एथ्लेटिकोको दबाब कायम

Monday, February 26, 2018 National Power

१४ फागुन, काठमाडौं – लण्डन – एन्टानियो ग्रीजमानको ह्याट्रिकको मद्दतले सेभियालाई पराजित गर्दै एथ्लेटिको म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी सात अंकमा झारेको छ । एथ्लेटिकोले खेलको २९ औँ मिनेटमा डिएगो कोस्टाको गोलको मद्दतले अग्रता लिएको थियो भने पहिलो हाफ सकिन लाग्दा ग्रीजमानले अग्रता दोब्बर बनाए ।

चेल्सीबाट फर्के यता स्पेनका फरवार्डले पाँच गोल गरिसकेका छन् । दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्दै ग्रीजमानले एथ्लेटिकोको अग्रता फराकिलो बनाए । खेलको ६५ औँ मिनेटमा कोकेले एथ्लेटिकोका लागि चौँथो गोल गरे भने ८१ औँ मिनेटमा ग्रीजमानले आफ्नो ह्याट्रिक पूरा गरे ।

खेलको अन्त्यतिर ५ मिनेटको अन्तरालमा पाबलो साराबिया र नोलिटोले गोल गरे पनि सेभियाका लागि त्यो सान्तवना गोलमात्र बन्न पुग्यो ।आगामी आइतबार बार्सिलोनाले एथ्लेटिकोको आतिथ्य गर्नेछ । यसअघि भ्यालेन्सियाले रियल सोसिडाडलाई २–१ ले पराजित गर्दै चौँथो स्थानमा कायम रहेको छ । भिल्लेरियालले भने गेटाफेलाई १–० ले हराउँदै सेभियालाई उछिनेर लिगको पाँचौ स्थानमा कायम रहेको छ । अन्य खेलमा एथ्लेटिक बिल्बाओले मालामामाथि २–१ को जीत हासिल गर्यो ।