Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

निल डेभिड्स युनिसेक्स सलुन ईण्डियामा समेत लोकप्रिय नया शाखा धमाधम खुल्दै

Saturday, February 24, 2018 National Power

१२ फागुन, काठमाडौं – हेयर स्टाइलिष्ट निल डेभिडको निल डेभिड्स युनिसेक्स सलुनको लोकप्रियता बढ्दै जाँदा भारतमा पनि यसको फ्रेञ्जाइजी बढ्न थालेका छन्। उनको फ्रेञ्जाइजी सलुन भारतको अलाहबादमा पनि सञ्चालनमा आएको छ। उनको सो फ्रेञ्चाइजी ब्राण्डको बुधबार बलिउडका सुपरस्टार अमिताभ वच्चनको नगरी अलहाबादमा भारतिय व्यापारी अजय अग्रवाल र सोमनीले संयुक्तरुपमा शुभारम्भ गरेका हुन्। उक्त फ्रेञ्जाइजी सलुन अन्तराष्ट्रिय स्तर र अत्याधुनिक शैलीको छ।

भारतको मुम्बई स्वस्तीका फ्रेञ्चाइजी म्यानेजमेन्टले निलको भारतका विभिन्न शहरमा १ शयको संख्यामा फ्रेञ्चाइजी सञ्चालनमा ल्याउने गरी निल संग सम्झौता गरेको छ। जसअनुसार गुहाटी आसाममा फ्रेञ्चाइजी सलुन सञ्चालनमा आईसकेको छ भने चाँडै नयाँ दिल्ली, अजमगढ, वाराणासी र लखनउमा फ्रेञ्चाइजी सलुन सञ्चालनमा आउने तयारी भईरहेको निलले बताए।

‘पहिले आफ्नै दिल्ली, थाइल्याण्ड, लण्डन र सिंगापुरमा ३ वर्ष लगाएर हेयर स्टाइल र मेकअप आर्टिष्टको कोर्ष पढी अन्तराष्ट्रिय डिग्री लिएँ’ निलले भने ‘यही अध्ययन मेरो बलियो आधार बन्न पुग्यो र आज झापा लक्ष्मीपुरको यो युवा भारतसम्म आफ्नो फ्रेञ्चाइजी सलुन र शाखा सलुन सञ्चालनमा ल्याउन सफल भएको छ।’ उनले आगामी मार्च १३ मा सिलगुढीमा निल डेभिड्स स्टाइलो सलुनसमेत सञ्चालनमा ल्याउने भएको छन्।