Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

ट्राफिक अपडेट

Friday, February 23, 2018 National Power

११ फागुन, काठमाडौं – उपत्यका भित्रका खबरहरु
पिक आवरको सुरुवात संगै, उपत्यकाका मुख्य सडकमा सवारी साधन बाक्लीदै, सडक मै विग्रीएको सवारी साधका कारण नागढुङ्गा हुँदै चल्ने सवारी साधन चापमा चल्दै

काठमाडौँको सुकेधारामा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, काठमाडौँकै थानकोट चेकपोष्ट नजिकै पनि हिजो बसको ठक्करबाट पैदयात्रीको ज्यान गयो
भक्तपुरको सिरुटारमा भने हिजो साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धा गम्भीर घाइते, घाइतेको बि।एण्ड बि। अस्पताल ग्वार्को ललितपुरमा उपचार हुदै
उपत्यकाका विभिन्न स्थानबाट गएको २४ घण्टामा १३७ जना व्यक्तिहरु महानगरिय प्रहरीको नियन्त्रणमा
ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने १ हजार ६ सय ८४ जना सवारी चालकहरु हिजो उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीको कार्वाहीमा

उपत्यका बाहिरका खबरहरु
दैलेखको महाबु गाउँपालिका ४ ओखलढुङ्गा भन्ने स्थानमा हिजो साँझ जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु, घाईते भएका ५ जना मध्ये २ जनाको उपचार हुदै, ३ जना भने उपचार पश्चात् डिस्चार्ज
रुपन्देहीको बुटवल १० धागो कारखाना नजिकै हिजो बेलुकी बसको ठक्करबाट साइकलमा सवार २ जनाको मृत्यु, झापाको कन्काई नगरपालिका ८ लक्ष्मिपुरमा पनि हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो
बर्दियाको बाह्रबर्दिया नगरपालिका ३ मा आज विहानै दाजुले प्रहार गरेको फरुवाले लागेर १ किशोरीको मृत्यु, डडेल्धुराको आलिताल गाउँपालिका ८ मौरीमा हिजो माछा मार्ने क्रममा करेन्ट लागेर १ युवकको मृत्यु
रेड कर्नर नोटिसमा रहेका दक्षिण कोरियाली नागरिक पोखराबाट केही दिन अगाडि पक्राउ
भारतीय नागरिकको हत्या गरेको अभियोगमा २ जनालाई हिजो बारा प्रहरीले सार्वजनिक