Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

यसरी पनि हुनसक्छ, फोक्सोको क्यान्सर

Thursday, February 22, 2018 National Power

१० फागुन, काठमाडौं – फोक्सोको क्यान्सर एक गम्भीर समस्या हो । विशेषगरी धुमपान तथा मद्यपान गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना अधिक हुन्छ । यसका पछाडि विभिन्न कारणहरु हुन सक्छन् । तिमध्ये केही कारण यस्ता छन्ः

– घर निर्माणका लागि प्रयोग हुने सिमेन्टलगायतका सामाग्रीमा ‘एस्बेस्टोस फाइबर’ नामक तत्व हुन्छ । यो स्वासको माध्यमबाट हाम्रो फोक्सोमा जान्छ र कालान्तरमा त्यो नै फोक्सोको कारण भैदिन्छ ।

– जुन ठाँउमा कोइला, आर्सेनिक तथा पत्रिका छपाईको काम हुन्छ, ती ठाउँका कर्मचारीलाई फोक्सोको क्यान्सर हुने सम्भावना अधिक हुन्छ ।

– फोक्सोको फाइब्रोसिसको समस्या भएका मानिसलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

– जो व्यक्तिलाई क्रोनिक ब्रोनकाइटिसको समस्या छ, त्यस्ता व्यक्तिलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

– घरपरिवारमा यदी कसैलाई फोक्सोको क्यान्सर भएको छ, भने ती आमाबाबुबाट जन्मने शिशुलाई पनि फोक्सोको क्यान्सर हुनसक्छ ।

– वायु प्रदुषण धेरै भएको ठाउँमा धेरै समय विताउने मानिसलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।