Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

यसरी पनि हुनसक्छ, फोक्सोको क्यान्सर

Thursday, February 22, 2018 National Power

१० फागुन, काठमाडौं – फोक्सोको क्यान्सर एक गम्भीर समस्या हो । विशेषगरी धुमपान तथा मद्यपान गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना अधिक हुन्छ । यसका पछाडि विभिन्न कारणहरु हुन सक्छन् । तिमध्ये केही कारण यस्ता छन्ः

– घर निर्माणका लागि प्रयोग हुने सिमेन्टलगायतका सामाग्रीमा ‘एस्बेस्टोस फाइबर’ नामक तत्व हुन्छ । यो स्वासको माध्यमबाट हाम्रो फोक्सोमा जान्छ र कालान्तरमा त्यो नै फोक्सोको कारण भैदिन्छ ।

– जुन ठाँउमा कोइला, आर्सेनिक तथा पत्रिका छपाईको काम हुन्छ, ती ठाउँका कर्मचारीलाई फोक्सोको क्यान्सर हुने सम्भावना अधिक हुन्छ ।

– फोक्सोको फाइब्रोसिसको समस्या भएका मानिसलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

– जो व्यक्तिलाई क्रोनिक ब्रोनकाइटिसको समस्या छ, त्यस्ता व्यक्तिलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

– घरपरिवारमा यदी कसैलाई फोक्सोको क्यान्सर भएको छ, भने ती आमाबाबुबाट जन्मने शिशुलाई पनि फोक्सोको क्यान्सर हुनसक्छ ।

– वायु प्रदुषण धेरै भएको ठाउँमा धेरै समय विताउने मानिसलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।