Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

अभ्यास

Wednesday, February 21, 2018 National Power

ए जातमा फरक देख्नेहरु 
रंग अनि 
बातमा फरक राख्नेहरु 
एक पटक 
मन संग भावना जोडेर त हेर
भिन्नता कहाँ पाउछौ ..?

ए पत्थरमा देवता खोज्नेहरु 
पवन पण्डितको सास 
अनि 
अरबिन अन्सारीको ढुकढुकि 
छामेर त हेर 
को तातो को चिसो पाउछौ ..?

ए धर्मका पुजारीहरु 
संकिर्णता तुलनात्मक भावना 
त्यागेर त हेर 
को छुत को अछुत पाउछौ ..?

ए समानताका विश्लेषकहरु 
पुरुषको साथ
अनि
नारीको समर्पण 
दाइत्व र जिम्मेवारी जोखेर त हेर 
कमि को बेसि को पाउछौ ..?

बडा्इ संसारको उच्च पद
प्राप्त गर्न हैन 
निष्ठाले  भगवान  आत्मामा देख्छ 
मुर्तिमा हैन

शब्द कानको बिषय हो 
अनि 
रुप आँखाको 
तर 
पवित्र भावना र अशल विवेकले 
सौर्न्दर्य भावमा देख्छ 
रूपमा हैन ..?

बिमला कार्की धरान (१७ सुनसरी