Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

अभ्यास

Wednesday, February 21, 2018 National Power

ए जातमा फरक देख्नेहरु 
रंग अनि 
बातमा फरक राख्नेहरु 
एक पटक 
मन संग भावना जोडेर त हेर
भिन्नता कहाँ पाउछौ ..?

ए पत्थरमा देवता खोज्नेहरु 
पवन पण्डितको सास 
अनि 
अरबिन अन्सारीको ढुकढुकि 
छामेर त हेर 
को तातो को चिसो पाउछौ ..?

ए धर्मका पुजारीहरु 
संकिर्णता तुलनात्मक भावना 
त्यागेर त हेर 
को छुत को अछुत पाउछौ ..?

ए समानताका विश्लेषकहरु 
पुरुषको साथ
अनि
नारीको समर्पण 
दाइत्व र जिम्मेवारी जोखेर त हेर 
कमि को बेसि को पाउछौ ..?

बडा्इ संसारको उच्च पद
प्राप्त गर्न हैन 
निष्ठाले  भगवान  आत्मामा देख्छ 
मुर्तिमा हैन

शब्द कानको बिषय हो 
अनि 
रुप आँखाको 
तर 
पवित्र भावना र अशल विवेकले 
सौर्न्दर्य भावमा देख्छ 
रूपमा हैन ..?

बिमला कार्की धरान (१७ सुनसरी